निर्वाचन सुरक्षा कडाइ : फागुन १५ देखि २२ सम्म सर्लाहीमा विदेशी नम्बर प्लेटका गाडी संचालनमा रोक

Author

सजिलो पत्रिका

२०८२ फागुन ०१, शुक्रबार

29
Share
Featured

काठमाडौँ

सर्लाहीमा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्थालाई थप मजबुत बनाइने भएको छ । यही फागुन २१ गते तय भएको निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष ढंगले सम्पन्न गर्न फागुन १५ गतेदेखि २२ गतेसम्म विदेशी नम्बर प्लेटका सवारी साधन सञ्चालनमा रोक लगाइने निर्णय गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आज बसेको सुरक्षा अधिकारी तथा राजनीतिक दलहरूको संयुक्त बैठकले उक्त अवधिमा विदेशी नम्बर प्लेट भएका दुई पांग्रे र चार पांग्रे सबै प्रकारका सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाउने निर्णय गरेको जनाएको छ ।

निर्णयअनुसार सो समयसीमाभित्र विदेशी नम्बर प्लेटका सवारी साधन चलाएको पाइएमा सुरक्षाकर्मीले नियन्त्रणमा लिनेछन् । प्रशासनका अनुसार निर्वाचनको संवेदनशीलतालाई दृष्टिगत गर्दै सम्भावित सुरक्षा जोखिम न्यूनीकरणका लागि यस्तो कदम चालिएको हो ।

मधेश प्रदेशका विभिन्न जिल्लामा भारतीय नम्बर प्लेटका मोटरसाइकल, स्कार्पियो लगायतका सवारी साधनको प्रयोग व्यापक हुने भएकाले सुरक्षा व्यवस्थापनलाई प्राथमिकता दिइएको बताइएको छ ।

बैठकमा निर्वाचन आचारसंहिता, २०८२ को पूर्ण पालना गर्ने विषयमा पनि छलफल भएको थियो। जिल्लास्थित सम्पूर्ण राष्ट्रसेवक कर्मचारी तथा राजनीतिक दलहरूले आचारसंहिता इमान्दारितापूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । साथै, निर्वाचनलाई स्वच्छ, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गर्न प्रशासनसँग सहकार्य गर्ने सहमति समेत गरिएको छ ।

यो समाचारमा

सर्लाहीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...