तामाकोशी नदी बस दुर्घटनाः ज्यान गुमाएका १२ जनाकै पहिचान खुल्यो, पोष्टमार्टम प्रक्रिया रोकियो

Author

सजिलो पत्रिका

२०८२ माघ २८, बुधबार

21
Share
Featured

काठमाडौँ

मन्थली नगरपालिका, रामेछाप–६ स्थित तामाकोशी नदीमा बस दुर्घटना हुँदा ज्यान गुमाएका १२ जनाकै पहिचान खुलेको छ।

मंगलबार काठमाडौंबाट रामेछाप हुँदै ओखलढुङ्गाको गाम्नाङतर्फ जाँदै गरेको पूर्वी अरनिको यातायात प्रालिको प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो भने ८ जना घाइते भएका छन्।

घाइतेमध्ये ७ जनाको धुलिखेल तथा काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। सामान्य घाइते भएका चालकलाई उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

दुर्घटनामा ज्यान गुमाएकामध्ये ८ जनाको शव मन्थली नगर अस्पतालको पोष्टमार्टम गृहमा राखिएको छ भने ४ जनाको शव रामेछाप अस्पतालमा राखिएको छ।

तर बस सञ्चालक कम्पनीका आधिकारिक प्रतिनिधि सम्पर्कमा नआएकाले पीडित परिवारसँग क्षतिपूर्ति तथा अन्य मागबारे सहमति जुट्न नसक्दा पोष्टमार्टम प्रक्रिया हालसम्म अगाडि बढ्न सकेको छैन। प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

यो समाचारमा

रामेछापमन्थली नगरपालिका, रामेछापतामाकोशी नदीओखलढुङ्गा
काठमाडौँ4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुन र चाँदी दुवैको मूल्य बढ्यो, कतिमा भइराखेको छ कारोबार ?

    काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु एक हजार ९०० र चाँदी रु ४० ले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ८४ हजार र त्यति नै परिमाणको सेतो धातुको भाउ

    Data is loading...

    Loading brands...

    Loading footer...