कञ्चनपुरमा हात्तीको आक्रमणबाट ६ वर्षीया बालिकाको मृत्यु

Author

सजिलो पत्रिका

२०८२ माघ २५, आइतबार

13
Share
Featured
  • कञ्चनपुर, लालझाँडी–६ चानदेवमा जङ्गली हात्तीको आक्रमणबाट ६ वर्षीया बालिका रोजिनाको मृत्यु भएको छ।
  • आक्रमणको क्रममा उनकी ५५ वर्षीया हजुरआमा पार्वती साउद घाइते भएकी छिन् र धनगढीमै उपचार भइरहेको छ।
  • घटना गएराति स्थानीय किसनसिंह साउदको घरमा भएको थियो, जहाँ हात्तीले घरमै प्रवेश गरी आक्रमण गरेको प्रहरीले जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

कञ्चनपुर जिल्लाको लालझाँडी गाउँपालिका–६ चानदेवमा जङ्गली हात्तीको आक्रमणबाट एक ६ वर्षीया बालिकाको मृत्यु भएको छ भने उनकी हजुरआमा घाइते भएकी छन्।

गएराति स्थानीय किसनसिंह साउदको घरमा हात्तीले आक्रमण गरेको थियो। हात्तीको आक्रमणबाट बच्न भाग्ने क्रममा साउदकी ६ वर्षीया छोरी रोजिना र ५५ वर्षीया आमा पार्वती साउद घाइते भएका थिए। घाइते दुवैलाई उपचारका लागि धनगढी लगिएकोमा रोजिनाको नवजीवन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

घाइते पार्वती साउदको धनगढीमै उपचार भइरहेको छ। प्रहरीका अनुसार हात्तीले घरमै पुगेर आक्रमण गरेपछि साउद परिवारमा ठूलो क्षति पुगेको हो।

यो समाचारमा

लालझाँडी गाउँपालिकाकाठमाडौँकञ्चनपुर जिल्ला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    जनकपुरधाम : यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा

    Data is loading...

    Loading brands...

    Loading footer...