आज भीमा एकादशी श्रद्धा र भक्तिपूर्वक मनाइँदै

Author

सजिलो पत्रिका

२०८२ माघ १५, बिहिबार

17
Share
Featured
  • माघ शुक्ल पक्षमा पर्ने भीमा एकादशी पाप नाश गरी भोग र मोक्ष प्रदान गर्ने महत्वपूर्ण एकादशीका रूपमा श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ।
  • महाभारतकालीन पात्र कुन्तीपुत्र भीमले ठूलो त्यागसाथ एकादशी व्रत बसेपछि यस दिनको नाम भीमा एकादशी रहन गएको धार्मिक विश्वास छ, जसले पितृ ऋणबाट मुक्ति दिलाउने मान्यता छ।
  • भीमा एकादशीको व्रतले महापाप नाश गर्ने र तीर्थदर्शन बराबर पुण्य प्राप्त हुने विश्वास गरिन्छ; यस अवसरमा वराहक्षेत्रसहित देशभरका मन्दिर र तीर्थस्थलमा भक्तजनको उल्लेख्य भीड लाग्ने गर्दछ।
समाचार सारांशGenerated using AI.


आज माघ शुक्ल पक्षमा पर्ने भीमा एकादशी पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ । अन्य एकादशीहरू जस्तै भीमा एकादशीलाई पनि पाप हरण गर्ने तथा भोग र मोक्ष दुवै प्रदान गर्ने महत्त्वपूर्ण एकादशीका रूपमा लिइन्छ ।

महाभारतकालदेखि नै भीमा एकादशीको विशेष महत्त्व रहेको धार्मिक ग्रन्थहरूमा उल्लेख छ । कुन्तीपुत्र भीमले यस दिन व्रत बसेको प्रसङ्गसँगै यस एकादशीको नाम ‘भीमा एकादशी’ रहन गएको विश्वास गरिन्छ ।

गरुड पुराणअनुसार भीम अत्यन्त बलवान, मोटा र खन्चुवा स्वभावका थिए, जसका कारण उनले व्रत बस्न सक्लान् भन्नेमा धेरैलाई शंका थियो । तर भीमले ठूलो त्याग र समर्पणका साथ एकादशी व्रत बसेपछि माघ शुक्ल एकादशीको नाम नै भीमा एकादशी भएको बताइन्छ । भीमले एकादशी व्रत बसेकै कारण सबै पितृ ऋणबाट मुक्त भएको पनि मान्यता छ ।

धार्मिक मान्यताअनुसार भीमा एकादशीको व्रतले ब्रह्महत्या, सुरापान, सुन चोरी, गुरु–पत्नी गमन जस्ता महापाप नाश गर्ने शक्ति प्राप्त हुन्छ । नैमिषक्षेत्र, कुरुक्षेत्र, प्रभासक्षेत्र, गङ्गा, यमुना लगायत सबै तीर्थहरूको दर्शन गरेसरह पुण्य प्राप्त हुने विश्वास गरिएको छ । कुनै पनि दान, जप, होम तथा अन्य पुण्य कर्मभन्दा भीमा एकादशीको व्रतलाई श्रेष्ठ मानिन्छ ।

कलियुगमा भगवान्को नाम जप्नुलाई नै सबैभन्दा ठूलो यज्ञ मानिन्छ । एकादशीका दिन भगवान् विष्णुको नाम जप तथा आराधना विशेष फलदायी मानिन्छ । भीमा एकादशीका अवसरमा सुनसरीस्थित वराहक्षेत्रमा भगवान् विष्णुको बराह अवतारको दर्शनका लागि भक्तजनको ठूलो घुइँचो लाग्ने गर्दछ । यसका साथै देशभरका अन्य देवालय तथा तीर्थस्थलहरूमा पनि श्रद्धालु भक्तजनको उल्लेख्य उपस्थिति रहने गर्दछ ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    आज शनिबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् राशिफल

    काठमाडौँ।मेषः प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम बन्न सक्छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ सामाजिक दायित्व समेत बढ्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। साँझतिर मनग्य धनलाभ हुने ग्रहयोग देखिन्छ।वृषः सहयोगीहरूले

    Data is loading...

    Loading brands...

    Loading footer...