राष्ट्रिय सभा निर्वाचन : कर्णालीमा कांग्रेसका शाही र एमालेका रखाल निर्वाचित

Author

सजिलो पत्रिका

२०८२ माघ ११, आइतबार

23
Share
Featured
  • कर्णाली प्रदेशबाट राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस–एमाले गठबन्धनका ललितजंग शाही र मीनासिंह रखाल विजयी
  • शाहीले ३,२७८ र रखालले ३,१४५ मतभार प्राप्त गरे; नेकपा उम्मेदवारहरू पराजित
  • ९६.४६% मतदान भयो, एक प्रदेश सभा सदस्यले मतदान बहिस्कार गरिन्
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय सभा निर्वाचनमा कर्णाली प्रदेशबाट नेपाली काँग्रेसनेपाल कम्युनिष्ट पार्टी (एमाले) गठबन्धनका उम्मेदवार विजयी भएका छन् । आइतबार भएकोे निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारलाई हराउँदै गठबन्धनले विजयी हाँसिल गरेको हो ।

गठबन्धनबाट नेपाली कांग्रेसका कर्णाली प्रदेश सभापति समेत रहेका ललितजंग शाही र नेकपा एमालेका केन्द्रीय सदस्य मीनासिंह रखाल विजयी भएका हुन् । कर्णालीबाट राष्ट्रिय सभामा रिक्त हुने दुई पदका लागि चार जना चुनावी प्रतिस्पर्धामा थिए । नेपाली कांग्रेसका शाहीले तीन हजार दुई सय ७८ मतभारसहित विजयी भएका छन् ।

उनका प्रतिद्धन्द्धी नेकपाका बुद्धिप्रसाद शर्माले एक हजार छ सय ३९ मतभार ल्याएका छन् । त्यस्तै नेकपा एमालेका मीनासिंह रखालले तीन हजार एक सय ४५ मतभारसहित विजयी हुँदा नेकपाकी अञ्जु महताराले एक हजार सात सय ३४ मतभार प्राप्त गरेको प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङले जानकारी दिए ।

आइतबार भएको निर्वाचनमा कर्णालीमा ९६.४६ प्रतिशत मत खसेको थियो । राष्ट्रिय सभा निर्वाचनका लागि एक सय ९८ मतदाता रहेकोमा तोकिएको मतदान अवधी दिउँसो ३ बजेसम्म एक सय ९१ मत खसेको थियो । प्रदेश सभाका ४० सदस्यमध्ये ३९ जनाले मतदान गरेका थिए भने राष्ट्रिय प्रजातान्त्रिक पार्टीकी प्रदेश सभा सदस्य सन्तोषी शाहीले मतदान बहिस्कार गरेकी थिइन् ।

यो समाचारमा

काठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)कर्णाली प्रदेशनेपाली काँग्रेस
राष्ट्रिय प्रजातान्त्रिक पार्टी4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...