सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी

Author

सजिलो पत्रिका

२०८२ माघ ०८, बिहिबार

33
Share
Featured
  • प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सिंहदरबारमा मन्त्रिपरिषद्‌को बैठक जारी छ।
  • बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावसँगै निर्वाचन प्रक्रियासम्बन्धी समसामयिक अवस्थाबारे छलफल भइरहेको छ।
  • चुनावी सरकारका चार मन्त्री पदबाट अलग भई अभियानमा सक्रिय भएको सन्दर्भ, त्यसको प्रभाव र आगामी निर्वाचन रणनीतिमाथि पनि विचार–विमर्श हुने सम्भावना छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा मन्त्रिपरिषद्‌को बैठक जारी छ। सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा केहिबेर अघिदेखि बैठक सुरु भएको हो ।

बैठकमा विभिन्न मन्त्रालयबाट प्रस्तुत हुने नियमित कार्यसूचीका प्रस्तावहरूमाथि छलफल भइरहेको बताइएको छ।

त्यसैगरी आजको बैठकमा मन्त्रिपरिषद्का सदस्यहरू निर्वाचन प्रक्रियामा केन्द्रित भएको वर्तमान अवस्थाबारे समेत विचार-विमर्श हुने सम्भावना छ।

यस्तै चुनावी सरकारका चार जना मन्त्रीले पदबाट अलग भई निर्वाचन अभियानमा सक्रिय भएको सन्दर्भमा उत्पन्न अवस्थाको समीक्षा तथा आगामी निर्वाचनसम्बन्धी रणनीतिबारे पनि बैठकमा छलफल हुन सक्ने जनाइएको छ।

यो समाचारमा

काठमाडौँसिंहदरवारसुशीला कार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...