कछुअवा पुलमा मोटरसाइकल दुर्घटना : एक भारतीय नागरिकको मृत्यु, अर्का गम्भीर घाइते

Author

सजिलो पत्रिका

२०८२ माघ ०४, आइतबार

47
Share
Featured
  • रौतहटको दुर्गा भगवती गाउँपालिकास्थित कछुअवा पुलमा शनिबार साँझ मोटरसाइकल अनियन्त्रित भई तल खस्दा एक जनाको मृत्यु र एक जना गम्भीर घाइते भएका छन्।
  • दुर्घटनामा मृत्यु हुनेमा भारत बिहार, शिवहर जिल्लाका मिन्टु पासवान रहेका छन् भने घाइते राजेश पासवानलाई प्रारम्भिक उपचारपछि वीरगञ्ज पठाइएको छ।
  • प्रहरीका अनुसार अत्यधिक तीव्र गति र मदिरा सेवनका कारण दुर्घटना भएको अनुमान गरिएको छ र घटनाबारे थप अनुसन्धान जारी छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

रौतहटको दुर्गा भगवती गाउँपालिकास्थित कछुअवा पुलमा शनिबार साँझ मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन्।

गौर–गंगापिपरा सडक खण्ड अन्तर्गत दुर्गा भगवती गाउँपालिका वडा नम्बर ३ र ५ को बीचमा पर्ने कछुअवा पुलबाट बिआर ३० एई ५१३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई तल खस्दा दुर्घटना भएको हो।

दुर्घटनामा परी मृत्यु हुनेमा भारत बिहार राज्य, शिवहर जिल्लास्थित पिपराढी थाना अन्तर्गत महनपुर गाउँका मिन्टु पासवान रहेको पहिचान खुलेको छ। उनीहरूले मोबाइलमा परिवारजनले फोन गरेपछि प्रहरीले मृतकको पहिचान पुष्टि गरेको हो ।

सोही दुर्घटनामा परेर सोही गाउँका राजेश पासवान गम्भीर घाइते भएका छन्। घाइते राजेशको प्रादेशिक अस्पताल गौरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगञ्ज पठाइएको छ।

प्रहरीका अनुसार अत्यधिक तीव्र गति र चालकले मदिरा सेवन गरेका कारण मोटरसाइकल अनियन्त्रित भई पुलबाट तल खसेको अनुमान गरिएको छ।

दुर्घटनाग्रस्त मोटरसाइकललाई इलाका प्रहरी कार्यालय गंगापिपरामा राखिएको छ भने घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचारमा

रौतहटकाठमाडौँभारतदुर्गा भगवती गाउँपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    जनकपुरधाम : यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा

    Data is loading...

    Loading brands...

    Loading footer...