एकताबद्ध भएर संकल्पका साथ अगाडि जाँदा राष्ट्रको स्वाधिनता रक्षा गर्न सकिन्छ : प्रचण्ड

Author

सजिलो पत्रिका

२०८२ पुस ३०, बुधबार

54
Share
Featured
  • एकताबद्ध भएर अघि बढे राष्ट्रको स्वाधीनता, जनताको आत्मसम्मान र आत्मनिर्णयको अधिकार जोगाउन सकिने प्रचण्डको भनाइ।
  • विभाजन भए फेरि राजनीतिक दुर्घटना हुन सक्ने चेतावनी दिँदै त्यसलाई रोक्न २० दल तथा समूहसँग एकता गरिएको उल्लेख।
  • यो एकता कम्युनिष्ट वा वामपन्थी मात्र नभई मधेश, पहाड र हिमालका सम्पूर्ण नेपाली जनताको साझा एकता भएको दाबी।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले एकताबद्ध भएर संकल्पका साथ अगाडि बढे राष्ट्रको स्वाधिनता, जनताको आत्मसम्मान, जनताको आत्म निर्णयको अधिकार नेपाल र नेपालीको पहिचानको रक्षा गर्न सकिने बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित पार्टी समायोजन कार्यक्रममा उनले एकताबद्ध भएर अगाडि बढ्न सकेनाैं भने फेरि दुर्घटनामा पर्न सक्ने भन्दै त्यो घटना नदोहोराउनको लागि अहिलेसम्म २० वटा राजनीतिक दल र समूहहरुसँग एकता भएको बताए ।

उनले भने, ‘हामी इतिहासको एकदमै महत्वपूर्ण मोडमा छौं । हामी एकताबद्ध भएर संकल्पका साथ अगाडि जाँदा यो राष्ट्रको स्वाधिनता, जनताको आत्मसम्मान, जनताको आत्म निर्णयको अधिकार नेपाल र नेपालीको पहिचानको रक्षा गर्न सकिन्छ । हामी एकताबद्ध भएर अगाडि बढ्न सकेनौं भने दुर्घटना हुन सक्छ जुन हामीले एकचोटी भोगी पनि सक्यौं । फेरि दोहोरिन पनि सक्छ, त्यो हुन नदिनको लागि हामीले पहिला अन्य पार्टीहरुसँग सहकार्य, संवाद गर्दै अहिलेसम्म २० वटा राजनीतिक दल र समूहहरुको एकता भएर नेपाली कम्युनिष्ट पार्टी बनेको छ ।’

यस्तै, उनले यो एकता कम्युनिष्ट, वामपन्थी, समाजवादीको मात्रै होइन मधेश, पहाड र हिमाली जनताको एकता भएको उल्लेख गर्दै सबैको एकताको बलमा यो राष्ट्रलाई स्वाधिन र सुदृढ गर्ने यात्रा सुरु गर्ने संकल्प गरेको बताए ।

उनले भने, ‘यो कम्युनिष्ट र वामपन्थी, समाजवादीको मात्रै एकताको कुरा होइन । यो नेपाल राष्ट्रको एकताको कुरा हो, नेपाली जनताको एकताको कुरा हो, मधेश, पहाड र हिमाली जनताको एकताको कुरा हो । सबैको एकताको बलमा यो राष्ट्रलाई स्वाधिन र सुदृढ गर्ने र यहाँका जनताका आर्थिक जीवनमा एउटा नयाँ समृद्धिको यात्रा सुरु गर्ने संकल्प पनि हो यो ।’

आउने दिनमा जनताले देख्ने, बुझ्ने गरि, जनतासँगै मिलेर उत्पादन कार्यमा अगाडि बढ्ने भन्दै यसको लागि सबैले आफ्नो ठाँउबाट मेहेनत गर्नुपर्ने पनि उनको भनाई छ ।

यो समाचारमा

पुष्पकमल दाहालनेपालनेपाली कम्युनिष्ट पार्टीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...