काठमाडौँ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई बलियो शक्तिका रूपमा स्थापित गर्ने दाबी गरेका छन् ।
आज पार्टी कार्यालयमा आयोजित एकीकरण कार्यक्रममा बोल्दै उनले हिन्दू राष्ट्र र राजसंस्था जस्ता मुद्दाहरू लोकप्रिय बनेकाले जनताले राप्रपालाई वैकल्पिक राजनीतिक शक्तिका रूपमा अनुमोदन गर्ने विश्वास व्यक्त गरे ।
अध्यक्ष लिङ्देनले विगतका चुनावमा पार्टी विभाजित भएर कमजोर भए पनि अबको निर्वाचनमा एकताबद्ध भएर जाने बताए । "सैद्धान्तिक रूपमा निकट रहेका राष्ट्रवादी शक्तिहरूसँग ध्रुवीकरण तीव्र रूपमा बढेको छ," उनले भने ।
उनले देशमा विद्यमान राजनीतिक अस्थिरता र अन्योलताको समाधान गर्न तथा सुशासन कायम गर्न आफ्नो पार्टी सक्षम रहेको दाबी गरे ।