'जेनजी' आन्दोलनले पुर्‍याएको क्षति पुनर्निर्माणमा ३६ अर्ब लाग्ने

Author

सजिलो पत्रिका

२०८२ पुस २९, मङ्गलबार

40
Share
Featured

काठमाडौँ

'जेनजी' आन्दोलनका क्रममा क्षतिग्रस्त भएका सरकारी तथा सार्वजनिक सम्पत्तिको पुनर्निर्माण र पुनःस्थापनाका लागि कुल ३६ अर्ब ३० करोड २१ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको क्षति मूल्याङ्कन प्रतिवेदनअनुसार सबैभन्दा बढी खर्च संघीय संसद भवन पुनर्निर्माणमा लाग्ने देखिएको छ, जसका लागि ३ अर्ब १५ लाख रुपैयाँ आवश्यक पर्नेछ ।

प्रतिवेदनअनुसार, क्षतिग्रस्त भवन तथा संरचनाको पुनर्निर्माणमा १९ अर्ब ९८ करोड, सवारी साधन मर्मत वा खरिदमा ६ अर्ब १६ करोड र अन्य भौतिक सम्पत्तिको पुनःस्थापनामा १० अर्ब १४ करोड रुपैयाँ लाग्ने अनुमान छ ।

कुन निकायमा कति खर्च ?

संघीय संसद भवन: ३ अर्ब १५ लाख

प्रधानमन्त्री कार्यालय: २ अर्ब २६ करोड

गृह मन्त्रालय: १ अर्ब ३३ करोड

राष्ट्रपति कार्यालय: १ अर्ब २५ करोड

अदालत: १ अर्ब ४ करोड

स्वास्थ्य मन्त्रालय: १ अर्ब ३ करोड

त्यसैगरी, प्रदेश सरकार अन्तर्गतका संरचना पुनर्निर्माणका लागि १ अर्ब ५९ करोड रुपैयाँ लाग्ने अनुमान छ, जसमा सबैभन्दा बढी बागमती प्रदेशमा ५५ करोड रुपैयाँ आवश्यक पर्नेछ ।

आन्तरिक स्रोतबाट पुनर्निर्माण गरिने

अर्थ मन्त्रालयले पुनर्निर्माणका लागि आवश्यक सम्पूर्ण बजेट नेपाल सरकारको आन्तरिक स्रोतबाटै व्यवस्थापन गरिने जनाएको छ । क्षतिको अवस्था हेरी प्राथमिकताका आधारमा पुनर्निर्माणको काम अघि बढाइने र यसका लागि संघ, प्रदेश र स्थानीय तहमा पुनर्निर्माण कोष परिचालन गरिने प्रतिवेदनमा उल्लेख छ ।

यो समाचारमा

अर्थ मन्त्रालयकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    जनकपुरधाम : यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा

    Data is loading...

    Loading brands...

    Loading footer...