मुगुमा सेनाको जिप दुर्घटना: एक अमलदारको मृत्यु

Author

सजिलो पत्रिका

२०८२ पुस २१, सोमबार

946
Share3
Featured
  • मुगुको रारा छायानाथ–७ स्थित आलादुना खोलामा नेपाली सेनाको बोलेरो जिप दुर्घटना हुँदा एक जना अमलदारको मृत्यु भएको छ।
  • मृत्यु हुने व्यक्ति हनुमान ध्वज गुल्मका चालक हरिसिंह ऐडी हुन्; उनी उपचारको क्रममा मुगु अस्पतालमा सोमबार बिहान १:३० बजे निधन भए।
  • जिप रारादेखि भुलभुलेसम्म सैनिक पुर्‍याएर फर्किँदै गर्दा सडकबाट करिब २०० मिटर तल खसेको थियो; सेना, सशस्त्र र प्रहरीको टोलीले उद्धार गरेको थियो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

मुगुको छायाँनाथ रारा नगरपालिका–७ स्थित आलादुना खोलाको मोडमा नेपाली सेनाको बोलेरो जिप दुर्घटना हुँदा एक जना अमलदारको मृत्यु भएको छ। मृत्यु हुनेमा हनुमान ध्वज गुल्मका चालक हरिसिंह ऐडी रहेका छन्।

बैतडी स्थायी ठेगाना भएका ऐडीको मुगु अस्पतालमा उपचारका क्रममा सोमबार बिहान १:३० बजे मृत्यु भएको प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले जानकारी दिए। रारादेखि भुलभुलेसम्म सैनिक पुर्‍याएर फर्किँदै गरेको ना १ झ १०३९ नम्बरको जिप आइतबार साँझ सडकबाट करिब २०० मिटर तल खसेको थियो। दुर्घटनालगत्तै सेना, सशस्त्र र नेपाल प्रहरीको टोलीले उनको उद्धार गरेको थियो।

यो समाचारमा

काठमाडौँनेपाल प्रहरीछायाँनाथ रारा नगरपालिकामुगु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    जनकपुरधाम : यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा

    Data is loading...

    Loading brands...

    Loading footer...