रास्वपामा चार पदाधिकारी थपिने

Author

सजिलो पत्रिका

२०८२ पुस २०, आइतबार

48
Share
Featured
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा उपसभापति, महामन्त्री, सहमहामन्त्री र सहप्रवक्ता गरी ४ जना नयाँ पदाधिकारी थपिने निर्णय गरिएको छ।
  • पार्टी एकीकरण र विस्तारलाई सहज बनाउने तथा विधान संशोधन कार्यान्वयन गर्ने उद्देश्यले पदाधिकारी थप्ने निर्णय गरिएको प्रवक्ता मनिष झाकाले बताए।
  • प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि योग्य उम्मेदवार चयन गर्ने उपसमिति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा र पार्टी एकता तथा समायोजनको उपसमिति महामन्त्री कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा गठन गरिएको छ; दुवै उपसमितिका सदस्यहरू पार्टी सचिवालयबाट मनोनयन गरिने।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा ४ पदाधिकारी थपिने भएका छन् । पदाधिकारीमा उपसभापति – १, महामन्त्री – १, सहमहामन्त्री –१ र सहप्रवक्ता –१ जना थप्ने निर्णय रास्वपाले गरेको हो ।

प्रवक्ता मनिष झाका अनुसार पार्टी एकीकरण एवं विस्तारको क्रममा यसअघि गरेको सम्झौता कार्यान्वयनको लागि विधान संशोधनमा समावेश हुने गरी पदाधिकारी थप्ने निर्णय भएको हो ।

यसैगरी रास्वपाले केन्द्रीय समितिको बैठकबाट पार्टी समायोजन तथा निर्वाचन केन्द्रित दुई वटा उपसमिति गठन गर्ने निर्णय गरेको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा योग्य उम्मेदवार छनोटको प्रत्याभूतिका लागि पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा उम्मेदवार सिफारिस उपसमिति गठन गर्ने निर्णय गरेको छ ।

उपसमितिलाई योग्य उम्मेदवार एवं छनोट प्रक्रिया समेतको सिफारिस गर्ने जिम्मेवारी दिने र उपसमितिको सदस्यहरू पार्टी सचिवालयले मनोनयन गर्ने निर्णय गरेको छ । यसैगरी पार्टी एकता र पार्टी समायोजनलाई सहजीकरण र निस्कर्षमा पुर्याउन पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा पार्टी एकता समायोजन उपसमिति गठन गर्ने, उपसमितिको सदस्यहरू पार्टी सचिवालयले मनोनयन गर्ने निर्णय गरेको छ ।

यो समाचारमा

काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सडक स्तरोन्नति र पुल निर्माण हाम्रो स्पष्ट नीति हो : मुख्यमन्त्री बानियाँ

    मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सडक यातायात क्षेत्रका समस्या समाधान गर्न वर्तमान कानुन संशोधन गरी लगानीकर्ता र यात्रुमैत्री बनाइने बताएका छन् ।नारायणी यातायात व्यवसायी संघको ३७औँ वार्षिकसभा तथा १६ अधिवेशनमा उनले यातायात व्यवसायीले सवारीका चालक र सहचालकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन इमान्दार प्रयासको आवश्यकता औँल्याए ।मुख्यमन्त्री बानियाँले

    Data is loading...

    Loading brands...

    Loading footer...