चन्द्रपुरमा मृत अवस्थामा शव फेला

Author

सजिलो पत्रिका

२०८२ पुस १९, शनिबार

31
Share
Featured

काठमाडौँ

रौतहटको चन्द्रपुर नगरपालिका वार्ड नम्बर ४ मा एक पुरुष मृत अवस्थामा भेटिएको छ । पूर्व–पश्चिम राजमार्गदेखि करिब ४० मिटरको दुरीमा मृत अवस्थामा वृद्धको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

दक्षिण भित्रि सडक खण्डमा एकजना वृद्ध मानिस लडेको खबर आएपछि शनिबार बिहान प्रहरी टोली घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक रुपेश झाले बताए ।

उनले मृत फेला परेका वृद्धको नामथर वतन नखुलेको र अन्दाजी बर्ष ६०/७० को रहेको बताए । मृतक वृद्धको टाउकोमा गम्भीर चोट लागेको देखिन्छ ।

मृतकको साथबाट पहिचान खुल्ने कागज फेला नपरेकाले चिन्नुहुने महानुभावले प्रहरीमा सम्पर्क गर्न समेत इलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरले आग्रह गरेको छ । प्रहरी कार्यलयबाट एक किलोमिटर पश्चिममा भएको घटनाका बारेमा आवश्यक अनुसन्धान कार्य भईरहेको ई.प्र.का.चन्द्रनिगाहपुर जनाएएको छ ।

यो समाचारमा

रौतहटचन्द्रपुर नगरपालिकाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    जनकपुरधाम : यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा

    Data is loading...

    Loading brands...

    Loading footer...