अंग्रेजी नयाँ वर्ष : काठमाडौंका भित्रि बजारमा व्यापार न्यून, चहलपहल उच्च

Author

सजिलो पत्रिका

२०८२ पुस १७, बिहिबार

22
Share
Featured
  • सामान्य चहलपहल: इन्द्रचोक, असन, न्यूरोड, ठमेलजस्ता प्रमुख बजारहरूमा अघिल्ला दिनको तुलनामा भीड अलिक बढेपनि अवस्था असाधारण छैन।
  • घुमफिर र मनोरञ्जन प्राथमिक: नेपालीहरूले नयाँ वर्ष रमाइलो र भेटघाटका रूपमा मनाइरहेका छन्, किनमेलमा विशेष चहलपहल देखिँदैन।
  • पर्यटक र व्यवसायी अवस्था: विदेशी पर्यटकहरू होटल, खानपिन र घुमफिरमै व्यस्त छन्, व्यवसायीहरूले अपेक्षित व्यापार वृद्धि अनुभव नगरेका छन्।
समाचार सारांशGenerated using AI.


काठमाडौंका प्रमुख बजार क्षेत्रहरूमा अंग्रेजी नयाँ वर्षको अवसरमा सामान्य चहलपहल देखिएको छ ।

स्थानीय व्यापारीहरूका अनुसार अघिल्ला दिनको तुलनामा आज केही भीडभाड बढेपनि अवस्था असाधारण भने छैन् । इन्द्रचोक, असन, न्यूरोड, ठमेललगायतका क्षेत्रमा व्यापारिक गतिविधि सामान्य छ ।

नयाँ वर्षको अवसरमा मानिसहरू घुमफिर र मनोरञ्जनमा व्यस्त हुने गरेकाले किनमेलमा मानिसहरुको भीड खासै देखिँदैन् । इन्द्रचोकका व्यवसायी मनोज चौधरीका अनुसार अंग्रेजी नयाँ वर्ष नेपालीहरूको मौलिक पर्व नभएपनि नेपालीहरूले यसलाई रमाइलोका रूपमा मनाउने गरेका छन् ।

उनका अनुसार दिन ढल्दै जाँदा अझै भीडभाड बढ्ने सम्भावना छ । ठाउँ–ठाउँमा मानिसहरू फोटो खिच्दै, भेटघाट गर्दै नयाँ वर्षलाई उत्साहका साथ स्वागत गरिरहेको दृश्य देख्न सकिन्छ ।

जुत्तापसलमा काम गर्दै आएका सुरज तामाङले अव नेपाली नयाँ बर्ष जति पनि चहल पहल देखिन्छ अंग्रजी बर्षमा त्यति चहलपहल नहुने बताए । उनले हिजो अस्ति भन्दा अलिकति मानिसहरुको हिडडुल तथा फोटो भिडियो खिच्नेहरुको संख्या बढेको छ ।

त्यस्तै साडीको व्यापार गर्दै आएका नारायन हुमागाईंले अंग्रजी नयाँ वर्षमा व्यापारमा फरक नपरेको बताए । उनले भने,‘व्यापारको दृष्टिले भने बजारमा अपेक्षित चहलपहल देखिएको छैन । नयाँ वर्षमा किनमेलभन्दा बढी घुमफिर र पारिवारिक भेटघाटमा मानिसहरूको ध्यान केन्द्रित हुने गरेको उनले बताए ।

विदेशी पर्यटकहरू पनि किनमेलभन्दा होटल, खानपिन र घुमफिरमै व्यस्त देखिएका छन् । समग्रमा अंग्रेजी नयाँ वर्ष काठमाडौंमा सामान्य चहलपहल र सीमित व्यापारका बीच रमाइलो वातावरणमा मनाइँदै गएको छ ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    केही क्षेत्रमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

    काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई दिन केही प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा नेपालको तराई

    Data is loading...

    Loading brands...

    Loading footer...