पाल्पा सिमेन्ट इण्डष्ट्रीजको आईपीओ पुस २५ देखि

Author

सजिलो पत्रिका

२०८२ पुस १७, बिहिबार

29
Share
Featured
  • पाल्पा सिमेन्ट इण्डष्ट्रीजले पुस २५ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्दैछ।
  • कुल ७५ लाख कित्ता शेयरमध्ये ५% (१८ लाख ७५ हजार कित्ता) पश्चिम नवलपरासी र पाल्पाका स्थानीयका लागि तथा १०% (५ लाख ६२ हजार ५०० कित्ता) वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ।
  • दुवै समूहले न्यूनतम १० र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्; स्थानीयका लागि माघ २५ र वैदेशिक रोजगारीमा रहेकाका लागि माघ ९ गतेसम्म आवेदन खुला रहनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले पुस २५ गतेदेखि पहिलो चरणअन्तर्गत आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ जारी गर्न लागेको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट पुस ९ गते कुल ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता साधारण शेयर (प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ) निष्कासनका लागि अनुमति पाएको थियो । सो स्वीकृतिअनुसार पहिलो चरणमा जारी शेयरमध्ये आयोजना प्रभावित क्षेत्र पश्चिम नवलपरासी (साविक नवलपरासी जिल्ला) तथा खानी रहेको पाल्पा जिल्लाका स्थानीय बासिन्दाका लागि ५ प्रतिशत अर्थात १८ लाख ७५ हजार कित्ता साधारण शेयर निष्कासन गरिनेछ । यसको कुल रकम १८ करोड ७५ लाख रुपैयाँ हुनेछ ।

यसैगरी, बाँकी ५६ लाख २५ हजार कित्ता शेयरमध्ये १० प्रतिशत अर्थात ५ लाख ६२ हजार ५०० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि निष्कासन गरिने कम्पनीले जनाएको छ । वैदेशिक रोजगारीका लागि छुट्टाइएको शेयर सम्पूर्ण बिक्री नभएमा सो बराबरको शेयर समायोजन गरी सर्वसाधारणमा निष्कासन गरिने पनि कम्पनीको भनाइ छ ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली दुवैले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन छिटोमा माघ ९ गते र ढिलोमा माघ २५ गते बन्द हुनेछ । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने छिटोमा पुस ३० गते र ढिलोमा माघ ९ गतेसम्म आवेदन दिन सकिनेछ ।

यो समाचारमा

नेपाल धितोपत्र बोर्डकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कालीमाटीमा तरकारीको थोक मूल्य, गोलभेडा किलोकै १० रुपैयाँ

    काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार ठूलो नेपाली गोलभेँडा प्रतिकिलो ५० रुपैयाँ, सानो लोकल गोलभेँडा १० रुपैयाँ, टनेल गोलभेँडा २० रुपैयाँ, रातो आलु ३० देखि ४७ रुपैयाँ र भारतीय सुकेको प्याज ५५ रुपैयाँ प्रतिकिलो कायम गरिएको

    Data is loading...

    Loading brands...

    Loading footer...