सर्वसाधारणको नाममा वालेट आईडी बनाई ठगी गर्ने समुह पक्राउ

Author

सजिलो पत्रिका

२०८२ पुस १६, बुधबार

32
Share
Featured

काठमाडौँ

धनुषाको विभिन्न स्थानबाट सर्वसाधारणको नाममा वालेट आईडी बनाएर ठगी गर्ने समुहलाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले आज पत्रकार सम्मेलनमार्फत ठगी गर्ने समुहका ६ जना पक्राउ गरेको बारे जानकारी दिएको छ ।

पक्राउ पर्नेमा धनुषाको धनुषाधाम नगरपालिका ९ धारापानी चोकमा मामा भान्जा ट्रेडर्स (आईएमइ) सञ्चालन गरेर बसेका विशाल भुजेल, धनुषाधाम ९ घर भइ हाल धारापानी चोकमा मोबाईल पसल सञ्चालन गरेर बसेका ३७ वर्षिय सन्तोष मण्डल, धनुषाको धनौजी गाउँपालिका २ का २५ वर्षिय साधु राम, सोही स्थानमा घर भई हाल जनकपुरधामको शिव चोकमा डेरा गरी बसेका २२ वर्षिय बलराम मण्डल, धनौजी गाउँपालिका २ का २० वर्षिय रुपेश कुमार साह र सोही स्थानका १९ वर्षिय निक्की कुमार राम रहेका छन् ।

उनीहरुले ठगी गरी विभिन्न व्यक्तिहरुको नाममा खोलीएको वालेट आईडी बाट हालसम्म ३९ लाख २० हजार ६५ रुपैयाँ बराबरको कारोबार गरेको खुलेको छ ।

पक्राउ परेकाहरुमध्ये आईएमई सञ्चालक भुजेलले वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न मुलुकमा रहका मानिसहरुले आफन्त तथा घर परिवारका सदस्यहरुको नाममा अन्य मुलुकबाट रेमिटान्स पठाएको रकम निकाल्न आउँदा नागरिकता र फोटो आवश्यक पर्ने भन्दै प्रतिलिपि निकाली वालेट आईडी बनाउने गरेको खुलेको छ ।

त्यस्तै पक्राउ परेका मोबाईल पसल सञ्चालक मण्डलले सिम कार्ड निकाल्न आउने सेवाग्राहीलाई झुक्कयाएर उनीहरुको नाममा अन्य सिमकार्ड निकाली वालेट आईडी बनाएर आईएमई सञ्चालक भुजेललाई दिने गरेको खुलेको छ ।

त्यस्तै ठगी गर्ने मुख्य व्यक्तिहरु बलराम मण्डल, रुपेश कुमार साह र निक्की कुमार रामले भने सामाजिक सञ्जाल मार्फत नक्कली प्रोफाईल बनाएर लत्ता कपडा, फर्निचर, मोटरसाईकललगायतको विभिन्न किसिमका फोटो र भिडियो पोष्ट गरी विज्ञापन गर्ने गरेको खुलेको छ ।

सो विज्ञापनको प्रलोभनमा परेर सर्वसाधारणहरुले पठाउने रकम वालेट आईडीमा राखेर उनीहरु सम्पर्कविहीन हुने गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता गणेश बहादुर बमले जानकारी दिए ।

यस ठगीमा पक्राउ परेका साधु रामले भने मोबाईल पसल सञ्चालक मण्डलबाट वालेट आईडी तथा वालेटमा प्रयोग हुने सिम कार्ड खरीद गरी उक्त वालेट आईडी आफ्नो मोबाईलमा लगईन गरी उक्त आईडीको क्युआर कोड सामाजिक सञ्जालमार्फत पोष्ट भएको विज्ञापन देखेर प्रलोभनमा परेका सर्वसाधारणहरुलाई पठाउने र रकम प्राप्त भएपछि सोबाट २५ देखि ३० प्रतिसत कमिसन लिई बाँकी विज्ञापन पोष्ट गर्ने तिनै जनालाई दिने गरेको खुलेको छ ।

उनीहरुको साथबाट प्रहरीले विभिन्न कम्पनीको १९ थान मोबाईल, ४ वटा ल्यापटप, एप्पल कम्पनीको एउटा आईप्याड, ठगी गर्न प्रयोग भएको २० वटा सिमकार्ड, सिमकार्डको सिरियल नं. तथा सिम कार्ड नं.मात्र खुल्न आएको ५५ वटा कभर र इन्टरनेटका ३ वटा राउटर फेला पारेर नियन्त्रणमा लिएको छ ।

पक्राउ परेकाहरुको विरद्धमा ३ जनाले जाहेरी लेखी पेश गरेकोले सोसहित अनलाई ठगी सम्बन्धी मुद्यामा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यो समाचारमा

धनुषाधाम नगरपालिकाधनुषाधनौजी गाउँपालिकाकाठमाडौँ
जनकपुर4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मनसुनजन्य विपद् क्षति न्यूनीकरण र सुरक्षित यातायातको व्यवस्था मिलाउन सभामुखको रुलिङ

    विपद् जोखिम न्यूनीकरण प्रभावकारी बनाउन सभामुख अर्यालद्वारा सरकारलाई रुलिङकाठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले विपद् जोखिम न्यूनीकरणमा प्रभावकारी भूमिका निर्वाह गर्न सरकारलाई रुलिङ गरेका छन् ।प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले उठाएका विषयका बारेमा सभामुख अर्यालले सरकारलाई रुलिङ गरेका हुन् ।सभामुख अर्यालले मनसुनजन्य विपद्का कारण हुनसक्ने मानवीय एवं भौतिक क्षति न्यूनीकरणका लागि

    Data is loading...

    Loading brands...

    Loading footer...