भारतको विहारबाट ७ जना नेपालीको उद्यार

Author

सजिलो पत्रिका

२०८२ पुस १६, बुधबार

32
Share
Featured
  • भारतको विभिन्न स्थानबाट ७ जना मधेश प्रदेशका बालबालिका र महिला उद्धार गरी आज जनकपुरधाममा आफ्न्तलाई जिम्मा लगाइएको छ।
  • उद्धार गरिएका बालबालिका र महिला प्रलोभनमा परेर भिक्षा माग, श्रम शोषण वा अन्यत्र लैजाने अवस्थामा फेला परेका थिए; दिल्लीस्थित “किन ईन्डिया” संस्थाको नेतृत्वमा भारतीय प्रहरी र दूतावासको सहयोगमा नेपाल फर्काइएका हुन्।
  • संस्थाका निर्देशक नवीन जोशी र मधेश प्रदेश प्रहरीले अभिभावकसँग समन्वय गरी प्रलोभन देखाउनेहरूलाई पहिचान गरी कारबाही गर्ने, र हराएका बालबालिकाको सूचना तुरुन्त प्रहरीलाई दिनुपर्ने सुझाव दिएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

भारतको विहारका विभिन्न स्थानहरुबाट ७ जना मधेश प्रदेशका बालबालिका तथा महिलाको उद्यार गरिएको छ ।

५ जना बालक, एक जना बालिका र एक जना महिलाको उद्यार गरी आज जनकपुरधामस्थित मधेश प्रदेश प्रमुख कार्यायलमा उनीहरुको आफ्न्तलाई जिम्मेवारी लगाइएको छ ।

उद्यार गरिएकोमा सप्तरीको डाक्नेश्वरी नगरपालिका ३ सप्तरीका १६ वर्षीय मो.अजिज मिया, सप्तरीकै शम्भुनाथ नगरपालिका ९ की १५ वर्षिया ज्योती कुमारी मुखिया, रौतहटको चन्द्रपुर नगरपालिका २ का १४ वर्षीय निमेष माझि, धनुषाको केल्पुर १ का १४ वर्षिय विष्णु सदा, सोही स्थानका १० वर्षिय सुरज सदा, सप्तरीको मनराजा ५ का ११ वर्षिय बचन कुमार सदा र बाराको कलैया १४ की ३३ वर्षिया संगीता कुमारी जयसवाल रहेकी छन् ।

उनीहरुलाई विभिन्न प्रलोभनमा पारेर भारत पुर्याई भिख माग्न लगाउने, श्रम शोसन गर्ने, भगाएर अन्यत्र लैजाने लगायतको अवस्थामा फेला पारी दिल्लीस्थित किन ईन्डिाया नामक संस्थाको अगुवाईमा भारतीय प्रहरी र दुतावासको सहयोगमा नेपाल फिर्ता ल्याएर आफन्तको जिम्मेवारी लगाइएको किन ईन्डियाका निर्देशक नवीन जोशीले जानकारी दिनुभयो ।

उनले विगतमा पनि सयौं जनाको उद्यार गरी अभिभावकको जिम्मा लगाएको बताए । उनका अनुसार यसरी प्रलोभनमा परेर भारतका विभिन्न ठाउँहरुमा श्रम शोसन र बेचिन पुगेकाहरुको संख्या सबैभन्दा बढी मधेश प्रदेशकै रहेको छ । उनले अभिभावक र प्रहरीको सहयोगमा त्यस्ता प्रलोभन देखाउनेहरुलाई फेला पारी कारवाही अगाडि बढाउ पहल पनि गरिरहेको बताए ।

अभिभावकलाई जिम्मा लगाउने क्रममा मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी गोबिन्थ थपलियाले कुनै पनि बालबालिका वा आफ्न्त हराएको थाहा हुने वित्तिकै नजिकको प्रहरी चौकीमा जानकारी गराउनुपर्ने बताए ।

यो समाचारमा

रौतहटबाराडाक्नेश्वरी नगरपालिकाधनुषा
सप्तरी9 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    जनकपुरधाम : यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा

    Data is loading...

    Loading brands...

    Loading footer...