शहीद स्मारक क्षेत्रमा अवैध शुल्क उठाउन रोक, शुल्क लिए कारवाही

Author

सजिलो पत्रिका

२०८२ पुस १४, सोमबार

18
Share
Featured
  • शहीद स्मारक पार्क क्षेत्रमा बाहिरबाट आएका अटो तथा मयुर चालकसँग स्थानीय चालकले अवैध रूपमा शुल्क असुल्दै आएको गुनासो पुष्टि भएको छ।
  • जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी सुवासचन्द्र बोहोराले कुनै पनि प्रकारको शुल्क नउठाउन कडा निर्देशन दिएका छन्।
  • निर्देशन उल्लङ्घन गरे कानुनी कारबाही हुने चेतावनीसहित पार्कलाई सुरक्षित, मर्यादित र पर्यटकमैत्री बनाउन नियमित अनुगमन गरिने भएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

मकवानपुरको प्रमुख पर्यटकीय गन्तव्यको रूपमा परिचित शहीद स्मारक पार्क हेटौडा उपमहानगरपालिका–११ मा अवस्थित छ ।

ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको यो स्थल आन्तरिक तथा बाह्य पर्यटकहरूको मुख्य आकर्षण केन्द्रका रूपमा रहँदै आएको छ ।

शहीदहरुको स्मृतिमा निर्माण गरिएको सहिद स्मारक पार्कमा दैनिक रूपमा ठूलो संख्यामा सर्वसाधारण, विद्यार्थी, आन्तरिक पर्यटक तथा विभिन्न जिल्लाबाट आएका आगन्तुकहरूको आवतजावत हुने गर्दछ ।

पार्कसम्म पुग्नका लागि अटो र मयुर सवारीसाधन मुख्य माध्यमका रूपमा प्रयोग हुँदै आएका छन् । तर पछिल्लो समय बाहिरी स्थानबाट यात्रु लिएर आएका अटो तथा मयुर चालकहरूसँग त्यहाँ रहेका केही स्थानीय चालकहरूले अनधिकृत रूपमा शुल्क असुल्दै आएको गुनासो बढ्दै गएको थियो ।

यात्रु ल्याएको र फर्काएर लगेको भन्दै जबर्जस्ती पैसा माग्ने, नदिए विवाद सिर्जना गर्ने जस्ता गतिविधि भइरहेका सूचनाहरू जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पुगेका थिए ।

यसै क्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (एसपी) सुवासचन्द्र बोहोरालाई उक्त विषयमा प्रत्यक्ष सूचना प्राप्त भएको थियो।

सूचनापछि एसपी बोहोराले सहिद स्मारक क्षेत्रमा खटिएका प्रहरीहरूसँग तत्काल सम्पर्क गरी घटनाको यथार्थ अवस्था बुझ्न निर्देशन दिएका थिए ।

प्रारम्भिक अनुसन्धानका क्रममा केही स्थानीय अटो तथा मयुर चालकहरूले बाहिरबाट आएका चालकसँग अवैध रूपमा शुल्क उठाउँदै आएको तथ्य पुष्टि भएको जनाइएको छ ।

घटनाको गम्भीरतालाई मध्यनजर गर्दै एसपी बोहोराले आजदेखि सहिद स्मारक क्षेत्रमा कुनैपनि प्रकारको शुल्क नउठाउन स्पष्ट निर्देशन दिएका छन् ।

उनले पर्यटकीय स्थलमा आउने सर्वसाधारण र सवारी चालकलाई अनावश्यक दुःख दिने गतिविधि सह्य नहुने बताउँदै, यस्तो कार्य कानुन विपरीत भएको स्पष्ट पारे । अब कुनै पनि अटो वा मयुर चालकले यात्रु ल्याएको वा लगेको बहानामा अतिरिक्त शुल्क असुल्न नपाउने व्यवस्था गरिएको छ ।

एसपी बोहोराले सहिद स्मारक क्षेत्रलाई सुरक्षित, मर्यादित र पर्यटकमैत्री बनाउन प्रहरी प्रशासन प्रतिबद्ध रहेको बताए ।

यदि कसैले निर्देशन उल्लङ्घन गरी पुनः शुल्क उठाएको पाइएमा सम्बन्धित व्यक्तिमाथि कानुनी कारबाही गरिने चेतावनीसमेत दिए । साथै, सहिद स्मारक क्षेत्रमा खटिने प्रहरीलाई नियमित अनुगमन गर्न र यस्ता गतिविधि दोहोरिन नदिन निर्देशन दिइएको छ ।

यस निर्णयपछि पार्क घुम्न आउने पर्यटक, सर्वसाधारण तथा बाहिरी सवारी चालकहरूले राहत महसुस गरेका छन् ।

यो समाचारमा

काठमाडौँमकवानपुरहेटौडा उपमहानगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...