नयन मिडिया फाउन्डेसनद्वारा सुनसरीका ३०० सञ्चारकर्मीको निःशुल्क दुर्घटना बीमा

Author

सजिलो पत्रिका

२०८२ पुस १२, शनिबार

23
Share
Featured
  • नयन मिडिया फाउन्डेसनले सुनसरीका ३०० सञ्चारकर्मीलाई निःशुल्क २ लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गर्ने घोषणा गरेको छ।
  • कामका क्रममा घाइते भएमा १ लाखसम्म उपचार खर्च र मृत्यु भएमा २ लाख रुपैयाँ उपलब्ध गराइनेछ।
  • बीमा कार्यक्रम फागुन ७ गते हुने कोशी एक्सिलेन्स अवार्डका अवसरमा औपचारिक रूपमा लागू गरिनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


नयन मिडिया फाउन्डेसनले सुनसरीमा क्रियाशील ३०० जना सञ्चारकर्मीको निःशुल्क दुर्घटना बीमा गर्ने भएको छ। आगामी फागुन ७ गते आयोजना हुने कोशी एक्सिलेन्स अवार्डको अवसर पारेर उक्त बीमा कार्यक्रम लागु गर्न लागिएको फाउन्डेसनले जनाएको छ।

यस सम्बन्धमा एनएलजी इन्स्योरेन्सका कोशी प्रदेश प्रमुख खड्ग श्रेष्ठ र नयन मिडिया फाउन्डेसनका अध्यक्ष पवन अधिकारीबीच विराटनगरस्थित इन्स्योरेन्स कम्पनीको कार्यालयमा सम्झौता भएको हो।

सम्झौता अनुसार सुनसरीमा क्रियाशील प्रत्येक सञ्चारकर्मीको २ लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गरिने अध्यक्ष अधिकारीले जानकारी दिए। बीमा अन्तर्गत कामको सिलसिलामा दुर्घटनामा परेर घाइते भएमा १ लाख रुपैयाँसम्मको उपचार खर्च उपलब्ध गराइनेछ भने दुर्घटनाबाट मृत्यु भएमा २ लाख रुपैयाँ प्रदान गरिने जनाइएको छ।

बीमा गर्नका लागि सम्बन्धित सञ्चारकर्मीले आफू कार्यरत सञ्चार संस्थाको परिचयपत्र, लाइसेन्स तथा सञ्चारगृहको सिफारिस पत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

गत वर्ष नयन मिडिया एडभरटाइजिङ प्रालिले आयोजना गरेको कोशी एक्सिलेन्स अवार्डमा सुनसरीका ३१४ जना सञ्चारकर्मीको १ लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गरिएको थियो। यस वर्ष उक्त बीमा रकमलाई दोब्बर बनाइएको फाउन्डेसनले जनाएको छ।

फागुन ७ गते ईटहरीस्थित सोल्टी वेस्टेन्ड होटेलमा आयोजना हुने कोशी एक्सिलेन्स अवार्ड समारोहमा इन्स्योरेन्स कम्पनी र फाउन्डेसनबीच औपचारिक रूपमा बीमा सम्झौता गरिने जनाइएको छ।

यो समाचारमा

सुनसरीईटहरीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुन र चाँदी दुवैको मूल्य बढ्यो, कतिमा भइराखेको छ कारोबार ?

    काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु एक हजार ९०० र चाँदी रु ४० ले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ८४ हजार र त्यति नै परिमाणको सेतो धातुको भाउ

    Data is loading...

    Loading brands...

    Loading footer...