पद र सत्ताको लागि एमालेले जेपनि गर्न थाल्यो, त्यसैले पार्टी छाडें : नेता शाह

Author

सजिलो पत्रिका

२०८२ पुस ११, शुक्रबार

14
Share
Featured
  • नेपाली कम्युनिस्ट पार्टी (नेकपा) निर्माणको उद्देश्य देशको सार्वभौमसत्ता, राष्ट्रिय स्वाधीनता र अखण्डता रक्षा गर्नु र देशभक्ति पूर्ण कम्युनिस्ट आन्दोलनलाई अघि बढाउनु रहेको नेता प्रकाश बहादुर शाहले बताए।
  • शाहले एमालेको पद, सत्ता र गुटबन्दीका कारण पार्टी छोडेर नयाँ नेकपामा प्रवेश गरेको उल्लेख गर्दै नयाँ पार्टीले शान्ति, सुव्यवस्था कायम गर्न नीति र नियमअनुसार अघि बढ्ने बताए।
  • आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपाले बाजुराबाट ५ जना उम्मेदवार सिफारिस गरेको छ: प्रत्यक्षतर्फ शाह, समानुपातिकतर्फ हिक्मत जङ्ग शाही, बिनिता विक, सञ्जय कटेल र राष्ट्रिय सभातर्फ अजबहादुर मल्ल।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का नेता प्रकाश बहादुर शाहले देशको सार्वभौमसत्ता तथा राष्ट्रिय स्वाधीनताको रक्षा गर्न नेपाली कम्युनिस्ट पार्टी निर्माण भएको बताएका छन् । शुक्रबार पार्टीले १० र ११ गतेको बैठकका निर्णय सार्वजनिक गर्न गरिएको पत्रकार सम्मेलनमा बोल्दै नेता शाहले यस्तो बताएका हुन् ।

उनले नेपालको स्वतन्त्रता, आत्मनिर्णयको अधिकार र सर्वोच्च शक्ति जोगाउन नेकपा पार्टी निर्माण भएको बताए । देशको सार्वभौमसत्ता तथा राष्ट्रिय स्वाधीनताको रक्षा गर्नका लागि नेपाली कम्युनिस्ट पार्टी खडा भएको बताउँदै नेता शाहले यसमा बलियो राजनीति इच्छाशक्ति, नागरिक एकता र सचेतनाका साथै राष्ट्रिय हितमा आधारित नितिहरु आवश्यक पर्ने बताएका हुन् ।

देशको सार्वभौमिकता र भौगोलिक अखण्डतालाई बाह्य र आन्तरिक खतराबाट सुरक्षित गर्न नेपाली कम्युनिस्ट पार्टीले आगामी दिनमा ठूलो भूमिका खेल्ने समेत नेता शाहले प्रष्ट पारेका हुन् । साथै उनले देशभक्ति पुर्ण कम्युनिस्ट आन्दोलनको रक्षा गर्न पार्टी निर्माण भएको कुरामा जोड दिएका हुन् ।

पछिल्लो समय देश राष्ट्रिय स्वाधिनता र अखण्डताको संकटमा रहेको बताउँदै उनले यिनिहरुलाई पुनः ध्रुविकरण तथा एकताकद्ध गर्न आवश्यक रहेको बताए । साथै उनले सशस्त्र बिद्रोहको आयाम,सशस्त्र जनयुद्धको आयामलगायत विभिन्न कम्युनिस्ट आन्दोलनका आयामहरुलाई आत्मसात गर्न महत्त्वपूर्ण रहेको समेत बताए ।

उनले देशमा शान्ति, सुव्यवस्था कायम गर्न नेपाल कम्युनिस्ट पार्टी नीति, नियममा रहेर अघि बढ्ने समेत बताए । उनले आफू कुनै लोभ, लालचले नभई नीतिगत रुपमा फरक विचार राखेर नेकपामा प्रवेश गरेको समेत बताएका हुन् । उनले भने,‘एमालेले मदन भण्डारीको विचार, मनमोहनको त्याग, पुष्पलालको आर्दशलाई तिलाञ्जली दियो । सत्ता साझेदारका लागि जोसंग पनि गटझट गर्न थाल्यो । पद र सत्ताको लागि एमाले सधैं किँचलो हुँदै गएकोले पार्टी छोड्न बाध्य भए ।’

नेपाली कम्युनिस्ट पार्टी बाजुराबाट ५ जना उम्मेदवार सिफारिस

नेपाली कम्युनिस्ट पार्टी बाजुराबाट ५ जना उम्मेदवार सिफारिस भएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बाजुरामा नेपाली कम्युनिस्ट पार्टीले ५ जनाको नाम सिफारिस गरेको हो।

प्रतिनिधि सभाको आगामी निर्वाचनम प्रत्यटक्षतर्फ प्रकाश बहादुर शाहको एकल नाम सिफारिस गरिएको हो ।भर्खरै एमाले परित्याग गरि नेकपामा प्रवेश गरेका नेता शाह प्रत्यक्ष रुपमा एकल सिफारिस भएका हुन्।

त्यस्तै समानुपातिक तर्फ दुर्गम तथा पिछडिएको क्षेत्रबाट हिक्मत जंङ्ग शाही, दलित महिला तर्फबाट बिनिता विक र घाइते तथा अपांगताबाट सञ्जय कटेल सिफारिस भएका छन्।

राष्ट्रिय सभातर्फ अजबहादुर मल्ललाई सिफारिस गरिएको नेपाली कम्युनिष्ट पार्टी बाजुराले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।पत्रकार सम्मेलनमा नेपाली कम्युनिष्ट पार्टीका विभिन्न नेता कार्यकर्तासंगै पत्रकारको सहभागिता थियो ।

यो समाचारमा

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बाजुराकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    रास्वपा नेतृत्वको सरकारप्रति पनि जनतामा निराशा बढ्यो- पूर्वअर्थमन्त्री खनाल

    काठमाडौँ।पूर्वअर्थमन्त्री रामेश्वर खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको वर्तमान सरकारप्रति पनि जनतामा निराशा बढ्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन्। शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै खनालले देशका सबै राजनीतिक दलप्रति जनताको विश्वास घट्दै जानु मुलुकका लागि सुखद नभएको बताएका हुन्।खनालले "पहिलाका शासकहरू खराब थिए, अहिलेका पनि खराबै रहेछन्"

    Data is loading...

    Loading brands...

    Loading footer...