वर्तमान सरकार गठनको प्रक्रिया नै असंवैधानिक : रमेश बडाल

Author

सजिलो पत्रिका

२०८२ पुस ०७, सोमबार

15
Share
Featured
  • पूर्वमहान्यायाधिवक्ता रमेश बडालले वर्तमान सरकार गठनको प्रक्रिया असंवैधानिक भएको दाबी गरेका छन् र यसबाट भएका कामकारबाहीहरू पनि असंवैधानिक भएको बताए।
  • उनले मुलुकका प्रमुख अंगहरू—व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका र मिडिया—सङ्घर्ष र आक्रमणको सामना गर्दै संगठित भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।
  • बडालले स्वतन्त्र, निष्पक्ष, निर्भीक र भयमुक्त रूपमा संवैधानिक प्रक्रियालाई पुनःसुधार गर्ने प्रयास गर्न आम नेपाली जनतालाई समर्थन गर्न आग्रह गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

पूर्वमहान्यायाधिवक्ता रमेश बडालले वर्तमान सरकार गठनको प्रक्रिया नै असंवैधानिक रहेको दाबी गरेका छन् ।

नेपाल बार एशोसिएशनको स्थापना दिवस ‘७०औँ बार दिवस’का अवसरमा आयोजित शुभकामना आदान–प्रदान तथा संस्थापकमा माल्यार्पण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले मुलुकका प्रमुख अंगहरू व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका र चौथो अंगका रूपमा रहेको मिडिया चारैतर्फबाट आक्रमणको सामना गरिरहेको अवस्थामा संगठित भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

‘रेलको लिकबाट बाहिरिएको संवैधानिक प्रक्रियालाई पुनः लिकमा ल्याउने प्रयास हामी अघि बढाउन चाहन्छौं, सम्पूर्ण आम नेपाली जनतालाई चाँही यो प्रक्रियामा साथ दिन आग्रह पनि गर्दछु । वर्तमान सरकारको गठनको प्रक्रिया नै असंवैधानिक छ । असंवैधानिक प्रक्रियाबाट सरकार गठन भयो, असंवैधानिक तरिकाबाट जुन सरकार बन्यो त्यो सरकारले गरेका सम्पूर्ण कामकारवाहीहरु स्वभाविक रुपमा असंवैधानिक नै हुन्छन्,’ उनले भने ।

बडालले स्वतन्त्र, निष्पक्ष, निर्भीक र भयमुक्त रूपमा अघि बढ्नु अहिलेको आवश्यकता रहेको बताए ।

उनले भने, ‘अहिले मुलुकको व्यवस्थापिका, कार्यपालिका, न्यापालिका र चौथौं अंगको रुपमा रहेको हाम्रो मिडिया जगत चारैतर्फ भएको आक्रमण पछाडि चुनौतिको सामना गर्दै संगठित भएर अगाडि बढीरहेका छौं । रेलको लिकबाट बाहिरिएको संवैधानिक प्रक्रियालाई फेरी लिकमा लिएर आउने प्रक्रियालाई हामी अगाडि बढाउन चाहन्छौं । यो अवस्थामा हामीले पहिलाको जसरी नै स्वतन्त्र रुपमा, निष्पक्ष रुपमा,निर्भिक रुपमा र भयरहित अवस्थामा अगाडि बढ्न आवश्यक छ ।’

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    पर्यटक लोभ्याउँदै मुसिकोटको ‘ठूली दह’

    रुकुमपश्चिम । मुसिकोट नगरपालिका-७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । घनाजंगलको बीचमा हरियाली मैदान, शान्त वातावरण, प्राकृतिक सौन्दर्य र मनमोहक दृश्य रहेको ‘ठूली दह’ क्षेत्र पुग्ने जोकोहीलाई हर्षित तुल्याउन गरेको छ ।मध्यपहाडी लोकमार्गबाट करिब एक घण्टाको पैदलयात्रापछि पुगिने ठूली दह बिदामा घुम्न

    Data is loading...

    Loading brands...

    Loading footer...