आज विश्व ध्यान दिवस मनाइँदै

Author

सजिलो पत्रिका

२०८२ पुस ०६, आइतबार

11
Share
Featured
  • आज डिसेम्बर २१ का दिन विश्व ध्यान दिवस विभिन्न कार्यक्रमसहित मनाइँदैछ।
  • संयुक्त राष्ट्रसंघले ध्यानलाई मानसिक स्वास्थ्य र आन्तरिक शान्तिका लागि उपयोगी उपायका रूपमा मान्यता दिएको छ।
  • नेपाललाई ‘ध्यानको राजधानी’ बनाउने उद्देश्यसहित टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

आज डिसेम्बर २१ तारिख अर्थात विश्व ध्यान दिवस विभिन्न कार्यक्रम गरि मनाइँदैछ ।

संयुक्त राष्ट्रसंघले डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । त्यसैअनुसार नेपालमा पनि ध्यान दिवस मनाउन लागिएको हो ।

सन् २०१४ देखि नै यो प्रस्ताव अघि बढाइएको थियो । गत वर्ष डिसेम्बर ७ मा राष्ट्रसंघको महासभाले नेपालसहित १८ देशको प्रस्ताव पारित गरेपछि ध्यान दिवस मनाउन थालिएको हो ।

संयुक्त राष्ट्रसंघको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि पूरक उपायका रूपमा स्वीकार गरेको छ ।

विश्व ध्यान दिवसले मानिसहरूलाई मानसिक स्वास्थ्य र आन्तरिक शान्तिका लागि ध्यानको महत्वबारे जागरूक बनाउने उद्देश्य राख्दछ।

यो दिन विशेषगरी तनाव व्यवस्थापन, आत्मचिन्तन, र सकारात्मक जीवनशैलीलाई प्रोत्साहन दिन ध्यान कार्यक्रम, सेमिनार, र कार्यशालाहरू आयोजना गरिन्छ ।

नेपाललाई विश्वकै ‘ध्यानको राजधानी’ का रूपमा विकास गर्न सम्बन्धित निकायहरु, संघ संस्थाहरु प्रयास गरिरहेका छन् ।

यस दिवसको अवसरमा आज बिहान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सैनिक मञ्च टुँडिखेलमा कार्यक्रम आयोजना गरेको छ ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    जनकपुरधाम : यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा

    Data is loading...

    Loading brands...

    Loading footer...