काठमाडौँ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता ले एमालेको ११औँ महाधिवेशनले मूलधारका राजनीतिक पार्टीहरूको सान्दर्भिकता समाप्त भयो भनेर बनाइएको भाष्यलाई खण्डित गरेको बताएका छन् । मतदान सकिएपछि आज सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै उनले यस्तो बताएका हुन् ।
ज्ञवालीले गत भदौको अन्तिम साताका घटनाक्रम (जेनजी आन्दोलन) पछि राजनीतिक दलहरूको औचित्यमाथि प्रश्न उठाइएकोमा मंसिर २७ गते महाधिवेशन उद्घाटनमा भएको विशाल जनसहभागिताले त्यसलाई गलत साबित गरेको उल्लेख गरेका छन् ।
"नेतृत्व निर्माणका लागि भएको स्वस्थ, सौहार्द एवं कमरेडली प्रतिस्पर्धाले पार्टीको आन्तरिक लोकतन्त्रलाई जीवन्त बनाएको छ," उनले भने ।
उनले महाधिवेशनको उद्घाटन समारोह र नेतृत्व चयन प्रक्रियाको सकारात्मक प्रभाव पार्टीको आन्तरिक जीवनमा मात्र नभई समग्र राष्ट्रिय राजनीतिमै पर्ने विश्वास व्यक्त गरेका छन् ।