प्रदर्शनीयुक्त लोकसंस्कृतिमा केन्द्रित ‘संस्कृति अध्ययन’ जर्नलको नयाँ अङ्क आउँदै

Author

सजिलो पत्रिका

२०८२ पुस ०२, बुधबार

13
Share
Featured
  • जर्नल तयारी सुरु: सांस्कृतिक संस्थानको विज्ञ–समिक्षित जर्नल ‘संस्कृति अध्ययन’ वर्ष २, अङ्क २ (२०८३) को तयारी सुरु भई सम्पादन जिम्मेवारी भोगीराज चाम्लिङ र गुरुङ सुशान्तलाई दिइएको छ।
  • त्रिभाषिक र समावेशी सामग्री: जर्नल खस–नेपाली, नेपाली मातृभाषा र अङ्ग्रेजीमा प्रकाशित हुने तथा सातै प्रदेशको प्रतिनिधित्व गर्दै बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक एकताको सन्देश बोकेका शोधलेख समेटिनेछ।
  • लोकसंस्कृतिमा केन्द्रित: नेपालको मौलिक र प्रदर्शनीयुक्त लोकसंस्कृतिलाई केन्द्रमा राखी सजीव कला संरक्षण, संवर्द्धन र दस्तावेजीकरणमा योगदान पुर्‍याउने उद्देश्य राखिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सांस्कृतिक संस्थानको जर्नल ‘संस्कृति अध्ययन’ वर्ष २, अङ्क २ को तयारी सुरु भएको छ । जर्नलको वर्ष २, अङ्ग २, २०८३ को लागि सम्पादन तर्फको जिम्मेवारी संस्कृतिविद् द्वय भोगीराज चाम्लिङ र गुरुङ सुशान्तलाई प्रदान गरिएको छ ।

विज्ञ समिक्षित सहितको उक्त जर्नलमा नेपालको प्रदर्शनीयुक्त मौलिक लोकसंस्कृतिलाई केन्द्रविन्दूमा राखेर विभिन्न विद्वानहरूका शोधलेख समेटिने छ ।

नेपालको संविधान तथा संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म अनुकूल जर्नल त्रिभाषिक हुनेछ । जहाँ नेपालको सम्पर्क भाषा खस–नेपाली, नेपाली मातृभाषाहरू र अन्तर्राष्ट्रिय सम्पर्क भाषा अङ्ग्रेजीमा लेखिएका शोध सामग्री समावेश गरिनेछ ।

सात प्रदेशको प्रतिनिधित्व हुने गरी बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधता भित्र एकताको सन्देश प्रवाह हुने गरी प्रदर्शनीयुक्त कलालाई प्राथमिकता दिई लेख समावेश गरिनेछ ।

सांस्कृतिक संस्थानले ‘५३ औं वार्षिकोत्सव समारोह, २०८२’ मार्फत सजीव कला संरक्षण, संवद्र्धन, प्रवद्र्धन तथा दस्तावेजीकरणका लागि (आइएसएसएन) मान्यता प्राप्त वर्ष १, अङ्क १, असार २०८२, ‘संस्कृति अध्ययन’ नामक प्रदर्शनीयुक्त कला विषयक अनुसन्धनात्मक वार्षिक जर्नल पहिलोपटक प्रकाशनमा ल्याएको थियो ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    अपर म्याग्दी-१ जलविद्युत आयोजनाले जथाभावी माटो थुपार्दा म्याग्दी नदीमा कटान र पहिरोको जोखिम

    म्याग्दी । धवलागिरि गाउँपालिका-७ स्यानखण्डमा म्याग्दी नदीको कटान र पहिरोको समस्या उत्पन्न गरेको छ । कुल ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी-१ जलविद्युत आयोजनाको विद्युतगृह निर्माणस्थलबाट निकालिएको माटो नदी किनारमा थुपार्दा स्यानखण्डमा रहेको बगैँचा र पाखोबारीमा क्षति पुगेको हो । म्याग्दी नदीको दायाँ किनारमा रहेको विद्युतगृह निर्माणस्थल भारवाङ मालिका गाउँपालिकाको ७

    Data is loading...

    Loading brands...

    Loading footer...