एमालेको केन्द्रीय सदस्यमा स्वास्थ्य क्षेत्रबाट डा.गौतम उम्मेदवार

Author

सजिलो पत्रिका

२०८२ पुस ०१, मङ्गलबार

16
Share
Featured

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनमा डा. झलक शर्मा गौतमले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।

स्वास्थ्य क्षेत्रमा लामो समय काम गरेका डा. गौतमले स्वास्थ्य सेवामा महाशाखा प्रमुखसम्म भएर अवकाश प्राप्त गरेका हुन् । उनी यसअघि एमालेनिकट राष्ट्रिय स्वास्थ्यकर्मी संघको अध्यक्ष समेत थिए ।

त्यस्तै एमालेबाट स्वास्थ्य मन्त्रालयको नेतृत्व केही नेताहरु पूर्वस्वास्थ्य मन्त्रीमा लेखराज भट्टले उपमहासचिवमा पूर्व स्वास्थ्य मन्त्रीद्वय खगराज अधिकारी, भानुभक्त ढकाल, पूर्वस्वास्थ्य राज्यमन्त्री पद्मा कुमारी अर्यालले सचिवमा, पूर्वस्वास्थ्य मन्त्री पदम गिरी र शेरबहादुर तामाङ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)काठमाडौँपद्मा कुमारी अर्याल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    चालु आर्थिक वर्षमा ४० हजार बढी पर्यटक भित्रिए पनि असार लागेपछि अन्नपूर्ण पदमार्ग सुस्तायो

    लमजुङ । वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्णपदमार्गमा विदेशी पर्यटकको आगमन घटेको छ । पर्यटकीय याममा दैनिक ५०० देखि ६०० जनासम्म पर्यटक आउने पदमार्गमा यतिबेला दैनिक पाँचदेखि १५ जना आउने गरेका छन् ।धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रका इन्चार्ज भूपेन्द्र गुरुङका अनुसार वर्षायाम सुरु भएसँगै पर्यटकको

    Data is loading...

    Loading brands...

    Loading footer...