नेताहरुले बिचौलियाहरुलाई टाउकोमा राख्दा नागरिकहरुले दुःख पाए : मन्त्री इङ्नाम

Author

सजिलो पत्रिका

२०८२ मंसिर २६, शुक्रबार

13
Share
Featured
  • कुमारसिंह इङ्नामले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको पदभार ग्रहण गरे।
  • उनले नेताहरुले कमीशन खान बिचौलियाहरुको प्रयोग गर्दा नागरिकहरुले दुःख भोग्नु परेको र कृषि क्षेत्रको उत्पादन बजारीकरणमा कमी आएको बताए।
  • मन्त्री इङ्नामले रोजगारीको अवसर कम भएको कारण युवाहरु विदेश गएका र जमिन बाझो भएको समस्या पनि नेताहरुको दायित्व नभएको नभएको उल्लेख गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमारसिंह इङ्नामले नेताहरुले बिचौलियाहरुलाई टाउकोमा राख्दा नागरिकहरुले दुःख पाएको बताएका छन् ।

शुक्रबार पदभार ग्रहण गर्दै उनले नेताहरुले कमीशन खानको लागि बिचौलियाहरुलाई टाउको वा गोजिमा राखेर हिड्ने गरेकाले नागरिकहरुले दुःख पाएको बताए ।

उनले भने, ‘नेपाल पहिलादेखि नै कृषिकर्म गर्दै आएको देश हो । कृषि सहजताका साथ गर्न सक्ने अवस्थामा पनि छौं । तर यसको उपयोग हुन सकेन । यसमा केही दोषहरु छन् । उत्पादन भएको सामानलाई बजारीकरण गर्न सकेनौ । दोस्रो कुरा हामीले बिचौलियाहरुलाई धेरै प्राथमिकता दियौं, नेताहरु पनि आफै लागे बिचौलियाहरुलाई टाउकोमा राख्न, गोजिमा राखेर हिडे । कमीशन खानको लागि नेताहरुले बाटो विराए । यसले गर्दा नागरिकहरुले दुःख पाएका हुन् ।’

यस्तै, उनले कुनै नेतामाथि व्यक्तिगत रुपमा आरोप नलगाएको भन्दै नेताको काम नेतृत्व दिने, जनताको हितको लागि काम गर्ने भएपनि त्यस्तो केही पनि नभएको बताए ।

उनले भने, ‘अर्को कुरा देशमा रोजगारीको राम्रो अवसर नभएको हुनाले युवाहरु विदेश गएको र त्यसकारणले पनि जमिनहरु बाझो हुदैँ गएको छ । यसमा सबै दोष नेताको छ । मैले कुनै नेतामाथि व्यक्तिगत रुपमा आरोप लगाएको होइन् । नेताको काम नेतृत्व दिने हो जनताको हित कसरी हुन्छ भनेर सोच्ने हो । तर यस्तो कामहरु केही पनि गरेको देखिएन् ।’

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सडक स्तरोन्नति र पुल निर्माण हाम्रो स्पष्ट नीति हो : मुख्यमन्त्री बानियाँ

    मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सडक यातायात क्षेत्रका समस्या समाधान गर्न वर्तमान कानुन संशोधन गरी लगानीकर्ता र यात्रुमैत्री बनाइने बताएका छन् ।नारायणी यातायात व्यवसायी संघको ३७औँ वार्षिकसभा तथा १६ अधिवेशनमा उनले यातायात व्यवसायीले सवारीका चालक र सहचालकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन इमान्दार प्रयासको आवश्यकता औँल्याए ।मुख्यमन्त्री बानियाँले

    Data is loading...

    Loading brands...

    Loading footer...