हेटौंडामा इन्टरनेट केवल जथाभावी विच्छ्याउँदा दुर्घटनाको जोखिम

Author

सजिलो पत्रिका

२०८२ मंसिर २५, बिहिबार

19
Share
Featured
  • हेटौंडा उपमहानगरपालिका–९ मा फाइबर अप्टिकल इन्टरनेट केबल सडकमा मनपरी बिछ्याइएर सवारीसाधनहरूको लागि दुर्घटनाको गम्भीर जोखिम सिर्जना भएको छ।
  • स्थानीय र यातायात सुरक्षाका विज्ञले केबलले मोटरसाइकल, स्कुटर तथा साना सवारीमा अड्किएर दुर्घटना हुन सक्ने चेतावनी दिएका छन्।
  • नागरिकहरूले इन्स्टल गर्ने कम्पनीलाई केबल व्यवस्थित गर्न र उपमहानगरपालिकाले अनुगमन गरी कडा कारबाही गर्नुपर्ने माग गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

हेटौडा उपमहानगरपालिका–९ मा इन्टरनेटको लापरवाहीपूर्ण गतिविधिले सडक सुरक्षा गम्भीर जोखिममा परेको छ । फाइबर अप्टिकल केबल मनपरी रूपमा सडकमै बिछ्याइएका कारण सवारीसाधनहरुले यात्रा गर्ने क्रममा केबल तानेर अगाडि बढ्दा दुर्घटना हुने खतरा बढेको स्थानीयको भनाइ छ ।

स्थानीय राजकुमार सापकोटाका अनुसार सडकको छेउछाउ वा खम्बामा व्यवस्थित रूपमा झुण्ड्याउनुपर्ने इन्टरनेटको फाइबर केबल धेरै ठाउँमा ग्राउन्डमै फालिएको देखिन्छ । यो अवस्था लामो समयदेखि निरन्तर रहे पनि सम्बन्धित कम्पनीले बेवास्ता गर्दै आएको उनीहरूको आरोप छ ।

सवारी चालकले विशेषतः बिहान–साँझ कम दृश्यता हुने समयमा सडकको बीचमा देखिने यस्तो ढिलो केबल नदेख्ने र मोटरसाइकल, स्कुटर तथा साना सवारी साधनहरूमा अड्किएर तानिने गरेका घटनाहरू बढेका छन्।

‘हरेक दिन दुर्घटना हुने डर छ। एकोहोरो रूपमा सडकमा लत्रिएको केबल देखिन्छ, जिम्मेवार पक्ष मौन छ,’ स्थानीय दीपक खड्काले बताए ।

यता यातायात सुरक्षाका जानकारले यस्तो मनपरी केबल व्यवस्थापनले सवारी दुर्घटनाको दर बढाउने स्पष्ट चेतावनी दिएका छन् ।

उनका अनुसार सडकधारमा बिछ्याइएका फाइबर तारले मोटरसाइकलका चक्का, ब्रेक वा साइड स्ट्यान्डमा अड्किएर गम्भीर दुर्घटना गराउन सक्छ।

यस विषयमा हेटौंडा उपमहानगरपालिकाका आधिकारिक निकायले परिस्थितिको तत्काल अनुगमन गरी इन्टरनेट सेवा प्रदायक कम्पनीलाई केबल व्यवस्थित गर्न निर्देशन दिनुपर्ने माग स्थानीयले गरेका छन् । सडक सुरक्षा र सार्वजनिक प्रयोगकर्ताको सुरक्षासँग सम्बन्धित विषयमा यस्तो बेवास्ता भइरहेको भन्दै उनीहरूले कडा कारबाहीको माग पनि गरेका छन्।

यो समाचारमा

काठमाडौँहेटौडा उपमहानगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...