संस्कृति झल्किने देउडा सहित लैङ्गिक हिंसा विरुद्धको अभियान समापन तथा छाउपडी गोठमुक्त वडा घोषणा

Author

सजिलो पत्रिका

२०८२ मंसिर २४, बुधबार

19
Share
Featured
  • बडीमालिका नगरपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान बुधबार समापन भयो र वडा नम्बर ८ छाउपडी गोठमुक्त घोषणा गरियो।
  • बाँकी वडामा घरभित्र सुरक्षित बस्ने वातावरण सिर्जना गरी छाउपडी प्रथा अन्त्य गर्ने प्रयास भइरहेको छ।
  • समापन कार्यक्रममा देउडा प्रतियोगिता, सचेतना कार्यक्रम र महिला सहभागितासहित पुरस्कार वितरण गरिएको थियो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

बाजुराको बडिमालिका नगरपालिकामा विभिन्न कार्यक्रम गर्दै लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापन गरिएको छ । परम्परागत संस्कृति झल्किने देउडा सहित कार्यक्रम समापन गरिएको हो ।

नगरपालिकाको महिला बालबालिका शाखाको आयोजना तथा विभिन्न सहयोगी संस्थाको सहयोग तथा संयुक्त साझेदारीमा विविध कार्यक्रम सञ्चालन गर्दै लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियान बुधबार सम्पन्न गरिएको हो ।

अभियान समापनका साथै बडीमालिका नगरपालिकाको वडा.नम्बर ८ लाई छाउपडी गोठमुक्त वडा घोषणा समेत गरिएको छ।बडीमालिका नगरपालिकाले पालिका भित्र रहेका ६ वटा वडालाई यस अघि नै छाउपडी गोठमुक्त वडा घोषणा गरिसकेको छ ।

बाँकी रहेका १, ७ र ८ नम्वर वडालाई यस आर्थिक बर्षभित्र छाउपडी गोठमुक्त वडा घोषणा गर्ने तयारी अनुसार ८ नम्बर वडालाई बुधबार एक कार्यक्रमका बिच छाउपडी गोठमुक्त वडा घोषणा गरिएको हो।यो आर्थिक वर्ष भित्र बाँकी रहेका वडालाई छाउगोठ मुक्त बनाउने अभियान अनुसार ८ नम्वर वडालाई छाउपडी गोठमुक्त वडा घोषणा गरिएको नगर उप–प्रमुख नन्दा कुमारी थापाले बताएकी छन् ।

समाजमा व्याप्त कु–प्रथाका रुपमा रहेको छाउपडी प्रथा अन्त्य गर्नका लागी नगरपालिकाले थालेको तीब्र अभियान स्वरुप ८ नम्वर वडालाई सफल रुपमा छाउपडी गोठमुक्त वडा घोषणा गर्न सफल भएको बताएकी छन् ।

बाँकी रहेका वडामा महिनावारी भएका बेला बस्नका लागि बनाइएका छाउ गोठहरुलाई तत्काल भत्काएर घरभित्रै सुरक्षित तरिकाले बस्न र बसाउनका लागि घरपरिवारलाई सुझाव दिँदै आएको उप–प्रमुख थापाको भनाइ छ ।

उनका अनुसार,पालिकाको बडीमालिका ७ मा छाउपडी प्रथा बढि रहेको भए पनि अहिले तुलनात्मक रुपमा कमी आएको उनको भनाइ छ।अब बाँकी रहेका वडालाई तत्काल छाउपडी गोठमुक्त वडा घोषणा गरिने उप–प्रमुख थापाले बताएकी हुन् ।

समाजमा जरो गाडेर बसेको छाउपडी प्रथालाई समाजबाटै निर्मुल गर्न आवश्यक रहेको बताउँदै उप–प्रमुख थापाले गोठलाई मात्रै नियन्त्रण गरि छाउपडी प्रथा अन्त्य नहुने भएकोले सम्पूर्ण महिलाहरु शिक्षित र छाउपडी सम्बन्धी जनचेतना फैलाउन आवश्यक रहेको बताएकी हुन् ।

लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियान समापन तथा छाउपडी गोठमुक्त कार्यक्रममा लैङ्गकि हिंसा तथा छाउपडी सम्बन्धी बृहत् देउडा कार्यक्रम गरिएको हो । साथै बालविवाह कु–संस्कार,कुरीति लगायत विपद् जोखिम न्यूनीकरण सम्बन्धी कार्यक्रमहरु पनि सञ्चालन गरिएका थिए ।

बृहत देउडा प्रतियोगितामा विभिन्न वडाबाट सहभागी महिला समुहहरुबाट छाउपडी,छ ुवाछुत, कु–संस्कार, कुरिती तथा लैङ्गकि हिंसा बारे देउडा मार्फत सवाल–जवाफ गरिएको थियो । देउडा प्रतियोगिताले परम्परागत संस्कृतिको जेगेर्ना संगै लैङ्गकि हिंसा, छुवाछूत तथा छाउपडी प्रथा न्युनिकरणमा सहयोग पुग्ने अपेक्षा लगिएको छ ।

देउडा प्रतियोगितामा सहभागी ८ टिमहरुलाई उचित पुरस्कार सहित सम्मानित गरिएको हो। लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान यस बर्ष ‘प्रविधिको सही प्रयोग गरौ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने मूल नाराका साथ मनाईएको हो ।

यो समाचारमा

बडिमालिका नगरपालिकाबाजुराकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    जनकपुरधाम : यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा

    Data is loading...

    Loading brands...

    Loading footer...