लेटाङ–२ की अंशु गौतमको दाहासंस्कार सम्पन्न

Author

सजिलो पत्रिका

२०८२ मंसिर २३, मङ्गलबार

33
Share
Featured
  • लेटाङ–२ फडानीकी बलात्कारपछि हत्या गरिएकी अंशु गौतमको दाहासंस्कार आज चिसाङ लोखरा घाटमा धार्मिक विधिअनुसार सम्पन्न भयो।
  • दाहासंस्कारमा नगरप्रमुख, उपप्रमुख, वडाध्यक्षहरू, स्थानीय अगुवा र ठूलो संख्यामा सर्वसाधारण उपस्थित रहे।
  • असोज २३ गतेदेखि हराएकी अंशुको शव १८ दिनपछि जंगलमा विभत्स अवस्थामा फेला परेको थियो।
  • लामो अनुसन्धानपछि छिमेकी ५९ वर्षीय पदमबहादुर अधिकारी बलात्कार र हत्यामा संलग्न रहेको पत्ता लागेपछि परिवारले शव बुझेर अन्तिम संस्कार गरेका हुन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


लेटाङ नगरपालिका–२ फडानीकी अंशु गौतमको दाहासंस्कार आज दिउँसो स्थानीय चिसाङ लोखरा घाटमा धार्मिक परम्परा अनुसार सम्पन्न गरिएको छ ।

छिमेकीद्वारा नै बालत्कारपछि हत्या गरिएकी अंशुको अन्तिम विदाइमा ठूलो संख्यामा स्थानीयवासी सहभागि भएका थिए । उनको परिवारजनले दागवत्ति दिए भने उपस्थित स्थानीय मलामीजनले अन्तिम श्रध्दाञ्जली दिंदै आत्माको चीर शान्तिको कामना गरे ।

अंशुको अन्तिम विदाइमा लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्रकुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला, वडाध्यक्षहरु लगायतका जनप्रतिनिधि, स्थानीय सामाजिक अगुवा सर्वसाधारण लगायत सहभागि भए ।

बिहानैदेखि अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न आउनेको भीड बाक्लो देखिन्थ्यो।

असोज २३ गतेदेखि हराएकी अंशुको शब १८ दिन पछि जंगलमा विभत्स अवस्थामा भेटिएको थियो ।

लामो अनुसन्धानपश्चात प्रहरीले अंशुको आफ्नै छिमेकीले बलात्कारपछि हत्या गरेको पत्ता लगाएर संलग्न ५९ वर्षिय पदमबहादुर अधिकारीलाई गत शुक्रबार पक्राउ गरिसकेको छ ।

घटनामा संलग्नलाई प्रहरीले पक्राउ नगरेसम्म शब नबुझेका परिवारजनले संलग्नलाई पक्राउ गरेपछि शब बुझेर आज उनको दाहासंस्कार सम्पन्न गरिएको हो ।

स्व. अंशुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै स्थानीयहरूले शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । दाहासंस्कारपछि परिवारले आफ्नो धार्मिक संस्कारअनुसार काजक्रिया गर्ने जनाइएको छ ।

यो समाचारमा

लेटाङ नगरपालिकाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    जनकपुरधाम : यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा

    Data is loading...

    Loading brands...

    Loading footer...