समतामूलक समृद्धिका लागि नयाँ राजनीतिक मोडेल आवश्यक : बस्नेत

Author

सजिलो पत्रिका

२०८२ मंसिर २१, आइतबार

26
Share
Featured
  • वीरेन्द्र बहादुर बस्नेतले देशलाई समतामूलक समृद्धितर्फ लैजान ‘एजेन्डा–आधारित राजनीति’ अपरिहार्य भएको बताएका छन्।
  • उनका सात मुख्य एजेन्डामा सुशासन, संघीयताको प्रभावकारी कार्यान्वयन, ऊर्जा विकास, कृषि–केन्द्रित उद्योग, आइटी रोजगारी, पर्यटन वृद्धि र शिक्षामा गुणस्तर सुधार समावेश छन्।
  • बस्नेतले आगामी चुनाव एजेन्डामा आधारित हुने, समावेशीतामा सम्झौता नगर्ने र देशभर उम्मेदवारी दिने तयारी भइरहेको बताए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

गतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र बहादुर बस्नेतले देशलाई समतामूलक समृद्धितर्फ उन्मुख गराउन ‘एजेन्डा–आधारित राजनीति’ अपरिहार्य भएको बताएका छन् ।

धनगढीमा आयोजित ‘उडान एवं कनेक्टिभिटी तथा जलस्रोतको अपार सम्भावना’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै बस्नेतले वर्तमान शासकीय पद्धतिले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको कारण निराशा बढेको र नयाँ राजनीतिक अभ्यास आवश्यक परेको बताएका हुन् ।

बस्नेतले पार्टीले सातवटा मुख्य एजेन्डा सार्वजनिक गरिसकेको उल्लेख गर्दै ती नै देशको समतामूलक समृद्धिको आधार हुने दाबी गरे ।

उनका अनुसार ती एजेन्डामा सुशासन र भ्रष्टाचार शून्यको लक्ष्य, संघीयताको प्रभावकारी कार्यान्वयन, ऊर्जा विकासलाई राष्ट्रिय समृद्धिको मुख्य आधार बनाउने, कृषि–केन्द्रित प्राथमिक उद्योग स्थापना, आइटी आधारित रोजगारी सिर्जना, पर्यटन क्षेत्रमा १० वर्षभित्र ५० लाख पर्यटक ल्याउने, शिक्षामा गुणस्तर वृद्धि जस्ता विषय समावेश छन् ।

यसैगरी उनले सुदूरपश्चिम देशको एउटा ठूलो सम्भावना भएको प्रदेश भएको बताए । उनले सुदूरपश्चिमलाई व्यवस्थापन र विकास गर्नुपर्ने बताए ।

उनले भने, ‘सुदूरपश्चिम भनेको यो देशको एउटा ठूलो सम्भावना भएको प्रदेश हो । र यसलाई हामीहरुले त्यही हिसाबले व्यवस्थापन गर्नुपर्छ, विकास गर्नुपर्छ ।’

ऊर्जा र डाटा–सर्भर सम्भावना

ऊर्जाको क्षेत्रमा नेपाल विश्वकै ठूलो सम्भावना भएको देश भएको उल्लेख गर्दै उनले मल्टिनेसनल कम्पनीहरूलाई नेपालमै सर्भर स्थापना गर्न आकर्षित गर्न सकिने बताए ।

‘हाम्रो देशमा चाहिने जति बिजुली र चिसो वातावरण दुवै उपलब्ध छन् । यही सुविधाका कारण गुगल, मेटा जस्ता कम्पनीलाई ठूलो मात्रामा ऊर्जा आपूर्ति गर्दै रोजगारी र आम्दानी बढाउन सकिन्छ,’ उनले भने ।

कृषिमा प्राथमिक उद्योग स्थापनाको प्रस्ताव

बस्नेतले कृषि प्रधान पालिकामा प्राथमिक उद्योग स्थापना गर्नसके किसानको आम्दानी चार गुणासम्म बढ्न सक्ने दाबी गरे ।

धान, तोरी, आलुदेखि जुम्लाको स्याउसम्मको मूल्यवृद्धि भण्डारण तथा प्रशोधन उद्योगले मात्रै सम्भव हुने बताए । उनले मोरङमा गरिएको आरजु राइस मिलको मोडल देशभर लागू गर्न सकिने बताए ।

रोजगारी र शिक्षाका चुनौती

देशको रोजगारी संकटको मुख्य कारण माध्यमिक शिक्षा कमजोर हुनु हो भन्दै उनले सार्वजनिक विद्यालयको गुणस्तर सुधारका लागि ‘आइटी–बेस्ट शिक्षा मोडल’ परीक्षणरत रहेको जानकारी दिए ।

५० लाख पर्यटक ल्याउने दाबी

पर्यटन क्षेत्र समृद्धिको अर्को आधार भएको बताउँदै बस्नेतले १० वर्षभित्र ५० लाख पर्यटक भित्र्याउन सकिने दाबी गरे । उनका अनुसार यसले जिडिपी ७ प्रतिशतले वृद्धि तथा ३० लाख रोजगारी सिर्जना गर्नेछ ।

भदौ २४ को जनविद्रोहप्रति संकेत

हालैको आन्दोलनलाई ‘जनविद्रोह’ भन्दै उनले तीन घण्टामा शासन परिवर्तन हुनु विश्वमै दुर्लभ घटना भएको बताए । उक्त आन्दोलनका सहिदहरूको सपना संस्थागत गर्न नयाँ राजनीतिक शैली आवश्यक रहेको बताए ।

आगामी चुनाव एजेन्डामा आधारित हुने

बस्नेतले आगामी चुनाव नारा वा आश्वासनमा होइन, एजेन्डामा आधारित हुने स्पष्ट गर्दै समावेशीता विषयमा पार्टीले कुनै सम्झौता नगर्ने बताए ।

उनका अनुसार देशभर १६५ प्रत्यक्ष र ११० समानुपातिक गरी सबै क्षेत्रमा उम्मेदवारी दिने तयारी भइरहेको छ ।

बस्नेतले वर्तमान राजनीतिक नेतृत्वले जनताको विश्वास गुमाएको उल्लेख गर्दै अब ‘वस्तुपरक, एजेन्डा–आधारित र डेलिभरेबल’ राजनीति मात्र देशको भविष्य हुने बताए ।

यो समाचारमा

मोरङधनगढीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...