वैदेशिक रोजगार स्वास्थ्य परीक्षण शुल्कवृद्धि फिर्ता लिन ट्रेड युनियन कांग्रेसको माग

Author

सजिलो पत्रिका

२०८२ मंसिर २१, आइतबार १४:२६

19
Share
Featured
  • एनटीयूसीले वैदेशिक रोजगारीको स्वास्थ्य परीक्षण शुल्क ५०% बढाइएको निर्णय विरुद्ध आपत्ति जनायो।
  • संघले यो वृद्धि श्रमिकमाथि अन्यायपूर्ण आर्थिक बोझ भएकाले तुरुन्त फिर्ता गर्न माग गर्यो।
  • सरकारले श्रमिकमैत्री नीति र सुरक्षा सुनिश्चिततामा ध्यान दिनुपर्ने संघको भनाइ छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल ट्रेड युनियन कांग्रेस (एनटीयूसी) ले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले तिर्नुपर्ने स्वास्थ्य परीक्षण शुल्कमा सरकारले हालै गरेको करिब ५० प्रतिशतसम्मको वृद्धिप्रति आपत्ति जनाएको छ । 

संघका महासचिव अजयकुमार राईले जारी गरेको प्रेस विज्ञप्तिमा उक्त निर्णयले हजारौँ श्रमिकमाथि अन्यायपूर्ण आर्थिक बोझ थपिएको भन्दै तुरुन्त फिर्ता लिन माग गरिएको छ ।

संघका अनुसार हाल स्वास्थ्य परीक्षण शुल्क रु.३,५०० देखि बढीमा रु.६,५०० सम्म लिइँदै आएकोमा स्वार्थ समूह र केही व्यवसायीहरूको मिलोमतोमा शुल्क वृद्धि गर्ने प्रयास गरिएको हो ।

विज्ञप्तिमा उल्लेख भएअनुसार, यस्तै प्रकृतिको शुल्क वृद्धि तत्कालीन मन्त्रीको कार्यकालमा २०८१ चैत ८ गते पनि गरिएको थियो । तर व्यापक विरोधपछि सरकारले सो निर्णय फिर्ता लिन बाध्य भएको थियो ।

नेपालमा बेरोजगारी दर उच्च रहेको र वैदेशिक रोजगारीले देशको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा करिब ३० प्रतिशत योगदान गरिरहेको परिस्थितिमा श्रमिकमाथि अतिरिक्त आर्थिक भार थोपर्नु अनुचित रहेको संघको दाबी छ । 

संघले वैदेशिक रोजगार क्षेत्रमा शुल्क वृद्धि गर्नुको सट्टा श्रमिकमैत्री नीतिहरू, सुरक्षित कामको वातावरण, सामाजिक सुरक्षा कोषमा योगदान सुनिश्चितता तथा विदेशी भूमिबाटै मताधिकार सुनिश्चिततामा ध्यान दिन सरकारलाई आग्रह गरेको छ ।

राजनीतिक नेतृत्वविहीन अवस्थामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई लक्ष्य गर्दै संघले मातहतका निकायहरूलाई शुल्क वृद्धि कार्यान्वयन गर्न जारी गरिएको परिपत्र ‘अनुचित, श्रमविरोधी र गरीब श्रमिकविरुद्धको कदम’ भएको टिप्पणी गरेको छ ।

संघले शुल्क वृद्धि तत्काल फिर्ता गरी पुरानै दर कायम गर्न तथा श्रम मन्त्रालयमा चाँडोभन्दा चाँडो राजनीतिक नेतृत्व नियुक्त गर्न सरकारसमक्ष माग समेत राखेको छ ।

यो समाचारमा

काठमाडौँकाठमाडौँ

ट्यागहरू

#व्यवसायी#वैदेशिक रोजगार#सरकार#स्वास्थ्य#राजनीतिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    जनकपुरधाम : यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा

    sajilo patrika

    स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन र ब्रान्डिङमा सरकारले सघाउने- प्रधानमन्त्री शाह

    साउने संक्रान्तिमा लुतो फालेझैँ राजनीतिक विकृति फालौँ- भीष्मराज आङ्देम्बे

    करार कर्मचारीको व्यवस्थापनमा सरकारको नयाँ मापदण्ड, पेन्सनमा रहेकालाई बिदाइ गरिँदै

    कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

    भर्खरै

    News Image

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    News Image

    स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन र ब्रान्डिङमा सरकारले सघाउने- प्रधानमन्त्री शाह

    News Image

    साउने संक्रान्तिमा लुतो फालेझैँ राजनीतिक विकृति फालौँ- भीष्मराज आङ्देम्बे

    News Image

    करार कर्मचारीको व्यवस्थापनमा सरकारको नयाँ मापदण्ड, पेन्सनमा रहेकालाई बिदाइ गरिँदै

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू