हेटौँडा २५ मिटर सडक विस्तारबारे दुर्गा प्रसाईंको आपत्ति

Author

सजिलो पत्रिका

२०८२ मंसिर १६, मङ्गलबार

19
Share
Featured
  • हेटौँडा बजारको २५ मिटर सडक विस्तारको विषयमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सरकारको मुआब्जा प्रक्रिया र कार्यशैलीप्रति कडा आपत्ति व्यक्त गरेका छन्, उचित क्षतिपूर्ति नदिई घरमा बुलडोजर चलाउनु अन्यायपूर्ण भएको बताए।
  • उनले भारतको उदाहरण दिँदै प्रभावित नागरिकलाई तीन गुणा बढी मुआब्जा दिएर मात्र परियोजना अघि बढाइने प्रचलन पालन गर्न नेपालले पनि गर्नुपर्ने सुझाव दिए र चेतावनीसमेत दिए।
  • प्रसाईंले सडक विस्तार आवश्यक भए पनि समाधान वार्ता, छलफल र उचित क्षतिपूर्तिबाट खोजिनुपर्ने, राज्यले जनतालाई विस्थापित गर्नु नहुने र वैकल्पिक मार्ग प्रयोग गर्न सकिने बताए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


हेटौंडा बजार क्षेत्रमा जारी २५ मिटर सडक विस्तारको विषयमा मेडिकल व्यवसायी दुर्गा प्रसाद प्रसाईले सरकारको शैली र मुआब्जा प्रक्रियाप्रति कडा आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले उचित क्षतिपूर्ति नदिइ नागरिकका घरमा बुलडोजर चलाउनु अन्यायपूर्ण भएको टिप्पणी गरेका छन् ।

प्रसाईंका अनुसार भारतमा रेल्वे ट्र्याक वा सडक विस्तारका क्रममा प्रभावित नागरिकलाई सरकारी दरभन्दा तीन गुणा बढी मुआब्जा दिइएपछि मात्र परियोजना अघि बढाइने प्रचलन छ । ‘त्यो उदाहरण पर्खनु पनि पर्दैन, छिमेकी भारतकै अभ्यास हेर्नुपर्छ, जहाँ नागरिकले राज्यको कामलाई स्वागत गर्छन्,’ उनले लेखेका छन् ।

तर नेपालमा भने यसको ठीक उल्टो अवस्था देखिएको भन्दै उनले सरकारलाई चेतावनीसमेत दिएका छन् ।

मकवानपुर–हेटौँडा बजार क्षेत्रमा सडक विस्तारको नाममा उचित मुआब्जा नदिई नागरिकका घरमा डोजर चलाउने, वा दीर्घकालीन व्यवस्थापनको योजना पनि नबनाई सुकुम्बासीका टहराजस्ता काम नगर्नु,’ उनको पोस्टमा उल्लेख छ ।

उक्त पोस्टमार्फत प्रसाईंले राज्यले नागरिकलाई भूमिहीन बनाउने, व्यवसायीलाई विस्थापित गर्ने र बिना योजनाका घरभत्काई कार्य तुरुन्त रोक्नुपर्ने बताएका छन् ।

उनको भनाइअनुसार, सडक विस्तार आवश्यक भए पनि समाधान छलफल, वार्ता र उचित क्षतिपूर्तिबाट खोजिनुपर्छ । ‘राज्यको काम जनतालाई विस्थापित गर्नु होइन, सुरक्षित राख्नु हो,’ प्रसाईले लेखेका छन् । साथै, सडक विस्तारका लागि बैकल्पिक मार्ग प्रयोग गर्न सकिने उनको सुझाव छ ।

हेटौँडामा २५ मिटर सडक विस्तारलाई लिएर व्यापारी र स्थानीय बासिन्दाले निरन्तर आन्दोलन गरिरहेका बेला दुर्गा प्रसाईको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो ।

यो समाचारमा

दुर्गा प्रसाद प्रसाईनेपालहेटौंडाकाठमाडौँ
भारत5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...