महाधिवेशनको लोगो नेतृत्व र राष्ट्रिय पहिचानको प्रतिक हो : सचिव अर्याल

Author

सजिलो पत्रिका

२०८२ मंसिर १४, आइतबार

21
Share
Featured

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि तयार गरिएको लोगो केवल प्रतीकात्मक डिजाइन मात्र नभई पार्टीको नेतृत्व, इतिहास र राष्ट्रिय गौरवको सशक्त परिचायक भएको एमाले सचिव तथा प्रचार संयोजक पद्मा कुमारी अर्यालले बताएकी छन् ।

उनका अनुसार लोगोले भूकम्पले ढालेको धरहरा पुनःनिर्माणको सफलतासँगै नेपाली जनताको दृढता, आत्मगौरव र पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको नेतृत्व क्षमतालाई प्रतिविम्बित गर्दछ ।

अर्यालका अनुसार ‘धरहरा र ओली अहिले केवल नाम नभई नेतृत्व र राष्ट्रिय पहिचानका पर्यायवाची बनेका छन्। लोगोले हामीलाई सम्झाउँछ कि साँचो नेतृत्व, प्रतिबद्धता र साहसले मात्र राष्ट्र निर्माण सम्भव हुन्छ ।’

राष्ट्रिय झण्डा र सांस्कृतिक प्रतीकहरूजस्तै, महाधिवेशनको लोगोले एकता, समृद्धि र राष्ट्रिय चेतनाको धरोहरका रूपमा काम गर्ने उनको भनाइ छ । उनले लोगोले नेपाली जनतामा थप उत्साह, प्रेरणा र उर्जा भरिदिने विश्वास व्यक्त गरिन् ।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)काठमाडौँखड्गप्रसाद शर्मा ओली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...