हेटौंडामा चोरीको स्कुटरसहित एक जना पक्राउ

Author

सजिलो पत्रिका

२०८२ मंसिर ११, बिहिबार

16
Share
Featured
  • हेटौंडा–१० को गोरक्षेश्वर मन्दिरबाट चोरी भएको स्कुटरसहित रितेश श्रेष्ठ पक्राउ।
  • ना १८ प ५३३८ नम्बरको स्कुटर चोरी भएको उजुरी परेपछि प्रहरीले खोजतलास गर्दै हेटौंडा–९ बाट फेला पार्यो।
  • स्कुटर चोरीमा उनी संलग्न पुष्टिएकाले म्याद लिएर विस्तृत अनुसन्धान भइरहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


हेटौडा उपमहानगरपालिका–१० स्थित गोरक्षेश्वर मन्दिरबाट चोरी गएको स्कुटरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। हेटौंडा–२ बस्ने ६० वर्षीय सुमनलाल श्रेष्ठको नाममा दर्ता भएको ना १८ प ५३३८ नम्बरको स्कुटर मिति २०८२।०८।०३ गते बिहान ५स्४० बजे चोरी भएको भनी परेको उजुरीपछि नेपाल प्रहरीले खोजतलास सुरु गरेको थियो।

अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले हेटौडा उपमहानगरपालिका–९ बस्ने ३७ वर्षीय रितेश श्रेष्ठलाई सोही स्कुटरसहित फेला पारेर पक्राउ गरेको हो। उनलाई चोरी मुद्दामा म्याद अनुमति लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (एसपी) सुवासचन्द्र बोहोराका अनुसार प्रारम्भिक अनुसन्धानमा स्कुटर चोरीमा रितेश श्रेष्ठको संलग्नता पुष्टि भएकाले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ । उनले घटनामा अन्य व्यक्तिको संलग्नता रहेको सम्भावनालाई पनि अनुसन्धानको दायरामा राखिएको जानकारी दिए ।

यो समाचारमा

काठमाडौँनेपाल प्रहरीहेटौडा उपमहानगरपालिकामकवानपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...