संविधान संशोधनको कुरा गरेर एमालेसँग तालमेल गर्दा देश यथास्थितिवादीको कब्जामा जान्छ

Author

सजिलो पत्रिका

२०८२ मंसिर ११, बिहिबार

16
Share
Featured
  • राजेन्द्र श्रेष्ठ जसपा छोडेर नेपाली कम्युनिष्ट पार्टी प्रवेश गरेका छन्।
  • उनी नेपालमा राष्ट्रियता र सार्वभौमसत्ता जगेर्नाको लागि कम्युनिष्ट आन्दोलन र नेपाली कम्युनिष्ट पार्टीको केन्द्रमा विश्वस्त भएर पार्टी रोजेका हुन्।
  • संविधान संशोधन र अग्रगामी परिवर्तनको उद्देश्यका लागि पार्टी एकताको आवश्यकता रहेको भन्दै उनले आजको एकतालाई जायज ठाने।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

जनता समाजवादी पार्टी छाडेर नेपाली कम्युनिष्ट पार्टी प्रवेश गरेका राजेन्द्र कृष्ण श्रेष्ठले नेपालको कम्युनिष्ट आन्दोलनको केन्द्र नेपाली कम्युनिष्ट पार्टी भएको हुनाले यो पार्टी रोजेको बताएका छन् । 

जसपासहित ४ घटकसँग एकता समारोहलाई सम्बोधन गर्दै उनले नेपालको राष्ट्रियताको जगेर्नाको लागि विकल्प नेपालको कम्युनिष्ट आन्दोलन भएको र त्यसको केन्द्र नेपाली कम्युनिष्ट पार्टी भएको हुनाले यो पार्टीमा आएको बताए । 

आजको एकता जायज रहेको पनि उनको भनाई छ । 

उनले भने, ‘हाम्रो यो आजको एकता जायज छ । हामीले नेपाली कम्युनिष्ट पार्टीसँगको एकता रोज्यौ भन्दा नेपालमा नेपालको राष्ट्रियता, सार्वभौमसत्तामाथि सधैँ कालो बादल घुमिरहेको थियो । लामो इतिहासमा पनि हेर्ने हो भने सधैँ भरि राष्ट्रियताको लागि संघर्ष गर्नुपर्ने अवस्था रहेको थियो नेपालमा, तर नेपालको राष्ट्रियताको जगेर्नाको लागि विकल्प नेपालको कम्युनिष्ट आन्दोलन हो अब त्यसको केन्द्र नेपाली कम्युनिष्ट पार्टी हो त्यसकारण मैले यो पार्टी रोजेको हो ।’

यस्तै, उनले संविधान संशोधनको कुरा गरेर नेपाल कम्युनिष्ट पार्टी (एमाले)सँग तालमेल गर्ने हो भने फेरि दोस्रो संविधान जस्तो प्रतिगामी र यथास्थितिवादीको कब्जामा जाने भन्दै अब अग्रगामी परिवर्तनकारी शक्तिहरु एक ठाँउमा आउनु पर्ने बताए । 

उनले भने, ‘आज कतिपय साथिहरुले भनि रहनु भएको छ, जनता समाजवादी पार्टीलाई जीवित राख्छौ । अनि जीवित राखेपनि निर्वाचन लड्नको लागि के गर्ने भन्दा एमालेसँग तालमेल गर्नुपर्छ पनि भनेर हिनेका रहेछन् । हाम्रो स्पष्ट मत छ अब आउने निर्वाचनमा संविधान संशोधन गर्ने एजेण्डा छ । तपाई कुरा उठाउनु हुन्छ संविधान संशोधनको अनि तालमेल एमालेसँग गर्ने कुरा गर्नुहुन्छ भने फेरि दोस्रो संविधान जस्तो प्रतिगामी र यथास्थितीवादीको कब्जामा जान्छ । त्यसकारण अग्रगामी परिवर्तनकारी शक्तिहरु एक ठाँउमा आउनु पर्छ भनेर आजको एकता गरेका हौं ।’

यो समाचारमा

राजेन्द्र कृष्ण श्रेष्ठनेपाल कम्युनिष्ट पार्टी (एमाले)जनता समाजवादी पार्टीकाठमाडौँ
नेपाली कम्युनिष्ट पार्टी5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...