विवाहपञ्चमी महोत्सव : तेस्रो दिन धनुष यज्ञ सम्पन्न

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०७, आइतबार

17
Share
Featured
  • जनकपुरधाममा विवाहपञ्चमी महोत्सवको तेस्रो दिन धनुष यज्ञ सम्पन्न भएको छ।
  • त्रेतायुगमा राजा जनकले गरेको धनुष यज्ञको स्मरणमा यो परम्परा मनाइन्छ।
  • अब क्रमशः तिलकोत्सव, मटकोर, स्वयम्वर–विवाह उत्सव र अन्तिम दिन रामकेलवा हुनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


सप्ताहव्यापी रुपमा मनाईने सीताराम विवाहपञ्चमी महोत्सवअन्तर्गत तेस्रो दिन धनुष यज्ञ सम्पन्न भएको छ । 

शनिबार साँझ जनकपुरधामको ऐतिहासिक बाह्रविघा मैदानमा भगवान रामका प्रतीक किशोरले धनुष तोडेका छन् ।

त्रेतायुगमा मिथिला राजा जनकले आफ्नी छोरी जानकीको विवाहका लागि धनुष यज्ञ गरेको स्मरणमा विवाहपञ्चमीको तेस्रो दिन धनुष यज्ञ मनाइन्छ ।

त्रेता युगमा राजा जनकले आफ्नी छोरी सीतासँग विवाह गर्नेले शिवको धनुषमा प्रत्यन्चा चढाउन सक्नु पर्ने प्रण लिएका थिए । सो सभामा सहभागी भएका कुनै राजाले प्रत्यन्चा चढाउन नसकेपछि भगवान रामले प्रत्यन्चा चढाएर धनुषलाई तीन टुक्रा पारेका थिए । त्यसपछि मात्रै सीता र रामबीच विवाह भएको वाल्मिकी रामायणमा उल्लेख रहेको छ ।

यस अघि पहिलो दिन नगर दर्शन भएको थियो भने दोस्रो दिन फूलवारी लीला भएको थियो । अब आईतबार जनकपुरधामस्थित राम मन्दिरको प्राङ्गणमा तिलकोत्सव कार्यक्रम हुनेछ । तिलकोत्सव कार्यक्रममा जनकी मन्दिरका महन्थ तपेश्वर दास वैष्णव सीताका बुवा र राम मन्दिरका महन्थ राम गिरी रामका बुवाको भूमिका निर्वाह गर्दै सम्धी मिलन गर्नेछन् ।

त्यस्तै सोमबार मटकोर विधि हुनेछ भने मंगलबार स्वयमवर र विवाह उत्सव हुनेछ । बुधबार महोत्सवको अन्तिम दिन रामकेलवा गरेर सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव सम्पन्न हुने । जनकपुरधाममा प्रत्येक वर्ष हर्षोल्लासका साथ सात दिनसम्म विवाहपञ्चमी महोत्सव मनाईने गरिन्छ । महोत्सव हेर्न नेपाल, भारतका लाखौं श्रद्धालुभक्तजनसहित विभिन्न देशका पर्यटकहरु पनि आउने गर्छन । 

यो समाचारमा

जनकी मन्दिरकाठमाडौँजनकपुरभारत
नेपाल4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    आज शनिबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् राशिफल

    काठमाडौँ।मेषः प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम बन्न सक्छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ सामाजिक दायित्व समेत बढ्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। साँझतिर मनग्य धनलाभ हुने ग्रहयोग देखिन्छ।वृषः सहयोगीहरूले

    Data is loading...

    Loading brands...

    Loading footer...