कमला पुल जुनसुकै हालतमा बन्नु पर्छ : उर्जा मन्त्री घिसिङ

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०५, शुक्रबार

13
Share
Featured
  • मन्त्री कुलमान घिसिङले सिरहा–धनुषा जोड्ने भासिएको कमला पुल जुनसुकै हालतमा पुनर्निर्माण गरेर सञ्चालनमा ल्याइने स्पष्ट गरे।
  • उनले पुलको वास्तविक अवस्था निरीक्षण गरी तत्काल मर्मत हुने कि पुनः निर्माण गर्नुपर्ने भन्नेबारे सबै पक्ष हेरेर निर्णय हुने बताए।
  • पुल भासिएपछि स्थानीयलाई करिब ९० किलोमिटर घुमेर यात्रा गर्नुपर्ने बाध्यता छ, जसले दैनिक आवतजावतमा ठूलो समस्या पैदा भएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले सिरहा र धनुषा जोड्ने कमला पुल जुनसुकै हालतमा बन्नुपर्ने बताएका छन् ।

कमला पुलको निरीक्षण गर्न आएका मन्त्री घिसिङले जनकपुरधाममा सञ्चारकर्मीहरुसंग कुरा गर्दै कमला पुल निर्माण हुनुनै पर्नेमा जोड दिए । उनले आज पुल निरीक्षण गरेर पुलको वास्तवीक अवस्था बुझेर थप गर्नुपर्ने काम अगाडि बढाउने जानकारी दिए । उनले सोही पुललाई तत्काल बनाएर अगाडि बढ्न सक्ने कि पुनः निर्माणनै गर्नुपर्नेमा सबै पक्ष हेरेर विचार गरिने बताए । 

उनले नयाँ पुल बनाउनु परेपनि बनाउने तर कुनै पनि हालतमा पुल सञ्चालनमा ल्याएर छाड्ने बताए ।

मन्त्री घिसिङसहितको टोली हिजो जनकपुरधाम आएका थिए । उनी आज सिरहा पुगेर कमला पुलको निरीक्षण गर्न लागेका हुन । यस अघि उनले आजै विहान युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तासंग जनकपुरधास्थित निर्माणधिन अवस्थामा रहेको श्री राम जानकी बहुउद्येश्यि अन्तराष्ट्रिय रंगशाला मैदानको निरीक्षण गरेका थिए । 

सिरहा र धनुषा जोड्ने कमला पुलको निर्माण सम्पन्न हुनु अघिनै भास्सिएको थियो । पुल नभएका कारण दुबै जिल्लावासीलाई आवत जावत गर्न करीब ९० कि.मि घुमेर जानुपर्ने बाध्यता रहेको छ ।

यो समाचारमा

धनुषाकाठमाडौँकुलमान घिसिङबब्लु गुप्ता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...