जेनजी आन्दोलनलाई कुशासन र भ्रष्टाचार विरुद्धको जनआन्दोलन घोषणा गर्नुपर्छ : यादव सिंह

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २८, शुक्रबार

14
Share
Featured
  • कञ्चनपुरका यादव सिंह माइतीघरमा जेनजी आन्दोलनलाई कुशासन–भ्रष्टाचार विरुद्धको जनआन्दोलन घोषणा गर्न माग गर्दै आमरण अनशनमा बसेका छन्, ४ दिन बित्दा पनि सरकारको कुनै पहल नभएको आरोप।
  • उनले जेनजी आन्दोलनमा विद्यार्थीहरूसमेत गोली हानिएको, जिम्मेवार प्रधानमन्त्री, गृहमन्त्री वा प्रहरी महानिरीक्षक जोसुकैलाई कारबाही गर्नुपर्ने माग राखे।
  • २३–२४ गतेको आन्दोलनलाई भ्रष्टाचारविरुद्धको जनआन्दोलन घोषणा गर्न, सहीद–घाइतेका माग पुरा गर्न तथा प्रधानमन्त्रीदेखि सांसदसम्म सबैको सम्पत्ति छानबिन गर्न उनले आग्रह गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


जेनजी आन्दोलनलाई कुशासन र भ्रष्टाचार विरुद्धको जनआन्दोलन घोषणा गर्दै आमरण अनशन बसेका छन् । 

मंगलबार देखि काठमाडौं को माइतीघरमा जेन–जी आन्दोलनलाई कुशासन र भ्रष्टाचार विरुद्धको जनआन्दोलन घोषणा गर,  आन्दोलनमा भएको सहिद परिवार र घाइतेहरूको माग तत्काल सम्बोधन गर लगायत अन्य विषयमा माग गर्दै कञ्चनपुर जिल्लाका यादव सिंह आमरण अनसनमा बसेको हुन् । 

आमरण अनसन बसेको ४ दिन बितिसक्दा पनि सरकारको तर्फबाट केही पहल नभएको उनले बताए ।  उनले रातभर खुल्ला आकाशको मुनि रात कटाउने गर्दा पनि सरकारले केही वास्ता नगरेको आरोप लगाए । विद्यालयका पोसाकमा जानेलाई समेत गोली हानेर  मार्ने जो कोही भएता पनि कारबाही हुन पर्ने उनको भनाई छ ।  ।  

‘भदौ २३ गते जुन जेनजी आन्दोलन भएको थियो, भ्रष्टाचार विरुद्ध भएको थियो । त्यसै गरी सरकार जेनजीको नेतृत्व गरेर प्रधानमन्त्री सुशीला कार्कीसँग जानेहरूले जेनजीको मुद्दा नै बिर्सनु भयो । २३ गतेको आन्दोलन जुन भयो निस्वार्थ रुपमा युवाहरु स्कुलको ड्रेसमा थिए । उनीहरूलाई यसरी गोली हानिएको छ, यो नियन्त्रणमा लिन लट्ठी सम्म हान्ने हो तर यसरी निशाना लगाई लगाई शरिरका विभिन्न स्थानमा जुन गोली हानियो त्यो हान्न निर्देशन दिने चाहे त्यो आइजिपी होस् या चाहे त्यो प्रधानमन्त्री या गृह मन्त्री जो कोही पनि होस् त्यसले गर्दा कयौँको रगत बगेको छ । उनीहरूको रगत खेर जान हुँदैन । हत्यारालाई जसरी भएपनि कारबाही हुनपर्छ भन्ने हाम्रो माग हो । मलाई यहाँ बस्न गाह्रो छ  । खुल्ला आकाश मुनि सुत्न परेको छ,चिसोले गर्दा पनि गाह्रो भएको छ । मेरो छेउबाट गाडीहरु हिड्छन् । यसरी बसिरहेको छु सरकार पक्षबाट कुनै पनि सरसहयोग भएको छैन,’ उनले भने  । 

त्यस्तै  उनले २३ र २४ गतेको आन्दोलनलाई भष्टाचार विरुद्धको जनआन्दोलनको रुपमा घोषणा गर्न पर्ने बताएका छन् । उनले सहीद र घाइते परिवार दुबैको बिना स्वार्थ माग पुरा हुनु पर्ने बताए । 

‘२४ गते भएको आन्दोलनमा विभिन्न पार्टीका दलहरुले आतंकवाद भनिरहेका छन् त्यो आतंकवाद होइन, २३ गते आन्दोलनमा साना–साना विद्यार्थी मारिएको देखेर सम्पूर्ण देशभरिकै मान्छे आक्रोश भएर २३ गतेको आन्दोलन सफल गरेका हुन् । त्यसलाई चाँहि जनआन्दोलन घोषणा गर्न पर्छ । भ्रष्टाचार  विरुद्धको जनआन्दोलन भनेर घोषणा गर्न पर्छ । सहीद र घाइते परिवार दुवैको बिना स्वार्थ माग पुरा हुन पर्छ,’ उनले भने  । 

त्यस्तै उनले आजको दिनसम्म सरकारमा रहेर काम गरेका जो कोहिको पनि सम्पत्तिको छानबिन हुनुपर्ने धारणा राखे । 

‘आजको दिनसम्म जतिले पनि सरकारको नेतृत्व गर्नुभयो होइन प्रधानमन्त्री मन्त्री सांसद देखि सबैको सम्पत्ति छानबिन हुन पर्छ । त्यसमध्य हाम्रो देश भष्टाचार मुक्त बनाउन पर्छ त्यस्तालाई कानुनि दायरामा ल्याउन पर्छ,’ उनले भने  । 

यो समाचारमा

कञ्चनपुर जिल्लाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बाँकेमा १३ करोड ६१ लाखका सामान बरामद

    काठमाडौं । बाँकेको जमुनाह नाकाबाट सशस्त्र प्रहरी बलले गत आर्थिक वर्षमा रु. १३ करोड ६१ लाख ३१ हजार ६९८ बराबरका अवैध रूपमा नेपाल भित्र्याइएका सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल ३० नं, गण बागेश्वरी हेडक्वार्टर, बाँकेका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन विष्टका अनुसार आर्थिक वर्ष २०८२/०८३

    Data is loading...

    Loading brands...

    Loading footer...