ढाकामा शृङ्खलाबद्ध बम विस्फोट, जनजीवन त्रसित

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २६, बुधबार

18
Share
Featured
  • बङ्गलादेशको राजधानी ढाकामा सार्वजनिक स्थान, धार्मिकस्थल र सरकारी कार्यालयलाई लक्षित गरी ११ स्थानमा शृङ्खलाबद्ध बम विस्फोट भएका छन्।
  • घटनापछि ढाकाको जनजीवन त्रसित बनेको र प्रहरीले प्रमुख सरकारी निकाय वरिपरि सभा–जुलुसमा प्रतिबन्ध लगाएको छ।
  • भोलि पूर्व प्रधानमन्त्री शेख हासीना विरुद्धको मुद्दाको फैसला हुने भएकाले सुरक्षा व्यवस्था कडा पारिएको ढाका प्रहरीले जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

भारतपाकिस्तानपछि बंगलादेशको राजधानी ढाकामा शृङ्खलाबद्ध बम विस्फोटको घटना भएको छ । ढाकाका सार्वजनिक यातायात, धार्मिकस्थल तथा सरकारी कार्यालयलाई लक्षित गरी विस्फोट र आगजनीका घटना भएका सुरक्षा निकायलाई उद्धृत गरी त्यहाँका सञ्चार माध्यमले जनाएका छन् ।

ढाका प्रहरीले ११ ठाउँमा विस्फोटका घटना भएको जनाएको छ । शृङ्खलाबद्ध आक्रमणले ढाकाको जनजीवन पनि त्रसित बनेको छ । हिजो बेलुकादेखि रातिसम्म ढाकाका विभिन्न ठाउँमा विस्फोट भएका थिए । घटनापछि ढाका महानगर प्रहरीले प्रमुख सरकारी निकाय वरिपरि सभा–जुलुसमा प्रतिबन्ध लगाएको छ ।

नोभेम्बर १३ तारिख अर्थात् भोलि पूर्व प्रधानमन्त्री शेख हासीनाविरुद्धको मुद्दाको फैसला मिति तय छ । घटनापछि ढाकाको सुरक्षा व्यवस्थामा थप कडाइ गरिएको छ । प्रहरी मुख्यालयले सबै थानाहरूलाई गस्ती र निगरानी बढाउन निर्देशन दिएको छ ।

यो समाचारमा

भारतबंगलादेशपाकिस्तानढाका
काठमाडौँ4 more

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो

    काठमाडौं । जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको घातक आक्रमणको बदला लिन अमेरिकाले इरानको अर्धसैनिक बल ‘रिभोलुसनरी गार्ड’का रणनीतिक सैन्य संरचनाहरूमाथि आइतबार भीषण हवाई आक्रमण गरेको छ। यससँगै होर्मुज जलसन्धिलाई केन्द्रमा राखेर जारी अमेरिका–इरान तनावले थप उग्र रूप लिएको छ।अमेरिकी सेनाको ‘सेन्ट्रल कमान्ड’का अनुसार यो कारबाहीमा पहिलो पटक रिभोलुसनरी गार्डका संरचनालाई

    Data is loading...

    Loading brands...

    Loading footer...