बाढीले पुल बगाएको नेपालथोकमा बेलिब्रिज बन्ने

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २४, सोमबार

22
Share
Featured
  • गत वर्ष असोज १२ गतेको बाढीले बगाएको नेपालथोकको पुलको ठाउँमा अहिले बेलिब्रिज निर्माण कार्य सुरु गरिएको छ।
  • रामेछापलाई सिन्धुलीको बीपी राजमार्गसँग जोड्ने सो पुलको रामेछापपट्टि बगाएको भागमा नयाँ बेलिब्रिज राखिने तयारी भइरहेको छ।
  • पुल बगाएपछि स्थानीयहरूलाई ३० किलोमिटर बढी घुम्नुपर्ने बाध्यता भएकोले नयाँ पुल बनेपछि आवागमन र व्यापारिक गतिविधि सहज हुने अपेक्षा गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

अघिल्लो वर्षको असोज १२ गते आएको बाढीले बगाएको नेपालथोकको पुलको ठाउँमा बेलिब्रिज बन्ने भएको छ । 

रोशी खोलाको किनारमा रहेको आदिर्लिङ्ग कुशेश्वर महादेव मन्दिर नजिकै यसअघि पक्की पुल भएकै ठाउँमा सुनकोसी माथि बेलिब्रिज बन्न लागेको हो । गत वर्ष रोशी खोला र सुनकोशी नदीमा आएको बाढीले लुभुघाटको पुल बगाएको थियो । 

रामेछापलाई सिन्धुलीको बिपी राजमार्गसँग जोड्ने सो पुलको रामेछाप पट्टीको ट्रष्ट ब्रिज बाढीले बगाएको थियो । सिन्धुलीपट्टिको आधा भाग भने बग्नबाट जोगिएको छ । सोही बाँकी बसेको भागमा जोडेर बेलिब्रिज राख्न लागिएको हो । 

बेलिब्रिज निर्माणको लागि पुलसम्म पुग्ने सडक निर्माण तथा स्पानको छेउमा बगाएको ठाउँ फिलिङ गर्ने लगायतका काम भइरहेको छ । सडक विभागमार्फत सो काम भएको हो । दुइवटा मेसिन प्रयोग गरेर फिलिङ गर्ने काम गरिरहेका स्थानीय राज मैनालीले जानकारी दिए । 

पुल बगाउँदा रामेछापको सुनापती गाउँपालिकाका सबै वडा तथा खाँडादेवी र दोरम्बाका केही वडाका स्थानीयले काठमाडौं र आउजाउ गर्न ३० किलोमिटरभन्दा बढी घुम्नु पर्ने बाध्यता रहेको छ । जसले गर्दा कृषि उपज बजारसम्म पु-याउन तथा बिरामीलाई उपचारको लागि लैजान निक्कै असहज भएको छ ।

यो समाचारमा

सिन्धुलीकाठमाडौँरामेछापसुनापती गाउँपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    जनकपुरधाम : यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा

    Data is loading...

    Loading brands...

    Loading footer...