नेताहरूसँग लड्न सिक्नुपर्छ, नागरिक बन्न प्रश्न गर्न आवश्यक : सीके लाल

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २२, शनिबार

10
Share
Featured
  • राजनीतिक विश्लेषक सीके लालले नेपाली समाजमा नागरिक चेतना अभाव र नेताप्रतिको अन्ध अनुगमनले लोकतन्त्र कमजोर बन्दै गएको बताएका छन्।
  • उनले राजनीतिक दलमा ‘मालिक–नोकर’ प्रवृत्ति हाबी भएको उल्लेख गर्दै नेता ‘मालिक’ र कार्यकर्ता ‘नोकर’ जस्तो व्यवहार सीमित रहेको टिप्पणी गरे।
  • नागरिक समाज बलियो बनाउन युवाले सत्ताप्रति निर्भीक भएर प्रश्न सोध्ने अभ्यास गर्नुपर्ने र प्रश्न गर्ने बानी फर्काउनुपर्ने आवश्यकता औंल्याए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राजनीतिक विश्लेषक सीके लालले नेपाली समाजमा नागरिक चेतना अभाव र नेताप्रतिको अन्ध अनुगमनले लोकतन्त्र कमजोर बन्दै गएको बताएका छन् ।

‘देश, मधेश र युवाको अवस्था’ विषयक विचार–विमर्श कार्यक्रममा बोल्दै उनले हरेक राजनीतिक दलमा ‘मालिक–नोकर’ प्रवृत्ति हाबी भएको टिप्पणी गरे । उनले नेपालमा नेता ‘मालिक’ र कार्यकर्ता ‘नोकर’ जस्तै व्यवहारमा सीमित भइरहेको बताए ।

लालले भने, ‘हामीले सबैभन्दा पहिले नेताहरूसँग लड्न सिक्नुपर्छ । सत्ताले जहाँ भए पनि चाहे अमेरिकाको ट्रम्प होस् वा नेपालका शासक प्रजा खोज्छ, नागरिक होइन । नागरिक बन्न त प्रश्न गर्न सक्नुपर्छ ।’

उनले नेपालमा नागरिक बन्ने अवधारणा नै नयाँ भएकाले धेरै मानिसले यसको अर्थ बुझ्न नसकेको बताए । उनले युवाहरूमाझ प्रश्न गर्ने संस्कार हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरे ।

‘बच्चामा ‘यो किन ?’ भन्ने बानी हुन्छ, तर उमेरसँगै त्यो हराउँछ । नागरिक बन्नको लागि त्यही प्रश्न गर्ने बानी फर्काउनुपर्छ,’ उनले भने ।

उनले नागरिक समाज बलियो बनाउन युवाले सत्ताप्रति निर्भीक भएर प्रश्न गर्नुपर्ने आवश्यकता औंल्याए ।

यो समाचारमा

काठमाडौँनेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    जनकपुरधाम : यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा

    Data is loading...

    Loading brands...

    Loading footer...