निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुको विरोध आज पनि कायमै

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १९, बुधबार

15
Share
Featured
  • धनुषा जिल्लाका निजी अस्पतालका स्वास्थ्यकर्मीहरूले सरकारले तोकेको तलब नपाएको विरोधमा जनकपुरधाममा सडकमा बसेर निरन्तर आन्दोलन गरिरहेका छन्।
  • चिकित्सकहरूले अस्पतालहरूले कार्य अवधि भन्दा बढी काम गराउने, ८ देखि १२ हजारसम्म मात्र तलब दिने र गुनासो गरे कामबाट हटाउने जस्ता दुव्र्यवहार गरेको आरोप लगाएका छन्।
  • प्रमुख जिल्ला अधिकारीले समस्या सुने पनि समाधान सम्बन्धित निकायको जिम्मेवारी भएको बताएका छन्, जबकि स्वास्थ्यकर्मीहरूले न्यूनतम तलब सुनिश्चित नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


धनुषा जिल्लाका निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुको आन्दोलन बुधबार पनि जारी रहेको छ ।

विगत एक हप्तादेखि सरकारले तोके अनुसारको तलब पाउनु पर्ने लगायतका माग राख्दै आन्दोलनमा उत्रीएकका चिकित्सकहरुले आज जनकपुरधामस्थित मधेश भवन (मधेश प्रदेशका मन्त्रालयहरु भएको स्थान) अगाडि सडकमै बसेर विरोध प्रदर्शन गरेका छन् । 

जनकपुरधामका निजी अस्पतालहरुले चिकित्सकहरुलाई कार्य अवधि भन्दा बढी काम गराउने, ८ हजार देखि १२ हजार सम्म तलव मात्र दिने, कुनै गुनासो गरे कामबाट हटाउने जस्ता कार्य गर्ने गरेको विरोध प्रदर्शनमा बसेका चिकित्सक उदय साहले बताए ।

आफ्ना समस्याहरु सम्बन्धित सम्पूर्ण निकायहरुलाई गएर सुनाए पछि आश्वासन बाहेक केही नपाएको उनीहरुको आरोप छ । आजै उनीहरुले जिल्ला प्रशासन कार्यालय अगाडि पनि धर्ना दिएका थिए । 

धनुषाका प्रमुख जिल्ला अधिकारीले उनीहरुलाई छलफलका लागी बोलाएर उनीहरुको समस्या सुनेका थिए । तर प्रजिअ प्रेम प्रसाद लुइटेलले उनीहरुको समस्या समाधान सम्बन्धित निकायले मात्र गर्न सक्ने र जिल्ला प्रशासन कार्यालयको हक अधिकार भन्दा माथिको कुरा रहेको बताएका थिए ।

चिकित्सक साहले न्यूनतम तलब ज्याला आफूहरुले पाउने वातावरण नबने सम्म आन्दोलन जारी राख्ने बताए ।

यो समाचारमा

धनुषाकाठमाडौँजनकपुरमधेश प्रदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    केही क्षेत्रमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

    काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई दिन केही प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा नेपालको तराई

    Data is loading...

    Loading brands...

    Loading footer...