हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको माग, स्थानीय वृद्धको पीडा र आशा

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १९, बुधबार

12
Share
Featured
  • हेटौँडा कपडा उद्योग, जसले एक समयमा १२ सयभन्दा बढी मजदुरलाई रोजगारी दिएको थियो, झन्डै दुई दशकअघि बन्द भएदेखि स्थानीय रोजगार र अर्थतन्त्र सुस्त बनिएको छ।
  • उद्योग बन्द हुनुको मुख्य कारण कर्मचारी भर्ती, प्रविधि अभाव, बजार व्यवस्थापन कमजोरी र राजनीतिक हस्तक्षेप भए पनि स्थानीयवासीहरूले राजनीतिक अस्थिरता र सरकारी उदासीनतालाई मुख्य कारण ठान्छन्।
  • स्थानीयहरूले उद्योग पुनः सञ्चालन गरी स्वामित्व स्थानीयको हातमा दिनुपर्ने माग गरेका छन् र यसलाई फेरि हेटौँडाको पहिचान र आर्थिक जीवनको प्रतीक बन्ने अपेक्षा व्यक्त गरेका छन्।
समाचार सारांशGenerated using AI.


कुनै समय हजारौँ मजदुरले रोजगारी पाएको देशकै गर्वका रूपमा चिनिएको हेटौँडा कपडा उद्योग आजभोली सुनसान छ । झन्डै दुई दशकअघि बन्द भएको यो उद्योगको पुनः सञ्चालनको माग फेरि चर्किएको छ ।

हेटौंडा औद्योगिक क्षेत्रमा फैलिएको करिब २३६ रोपनी जग्गामा स्थापना गरिएको यस उद्योगले एक समयमा १२ सयभन्दा बढी श्रमिकहरूलाई प्रत्यक्ष रोजगार दिएको थियो । सन् १९८० को दशकमा उत्पादनको चरमणमा पुगेको यो उद्योगले स्थानीयको घरघरमा उज्यालो ल्याएको सम्झना अझै ताजा छ ।

स्थानीय ९५ वर्षीय पूर्वकर्बछरी सूर्यबहादुर स्याङतान भन्छन्, ‘हामीले यही उद्योगमा बनेको कपडा लगाएर आफ्ना छोराछोरी पालेका थियौ। यो हाम्रो जीवनको अभिन्न अंग थियो । तर राजनीतिक अस्थिरता र गणतन्त्र आएपछि मात्रै यो उद्योग बन्द भयो । नयाँ सामान र प्रविधिसहित ल्याउने हो भने हामी आफैं यो उद्योग चलाइदिन्छौं, कुनै निजीकरण गर्नुपर्ने जरुरत छैन ।’

उनले थपे, ‘यहाँ अहिले खटाइएको सशस्त्र फोर्सलाई हटाएर यो उद्योग यहीको स्थानीयको जिम्मामा दिनुपर्छ । हामी फेरि यसको धुवाँ देख्न चाहन्छौ।’

हेटौँडा कपडा उद्योग वि.सं. २०५७ माघ १८ गतेको मन्त्रिपरिषद्को निर्णयले बन्द गरेको थियो । कर्मचारी भर्ती, प्रविधिको अभाव, बजार व्यवस्थापनमा कमजोरी र राजनीतिक हस्तक्षेपजस्ता कारणले उद्योग घाटामा गएको बताइन्छ ।

तर स्थानीयवासीहरूको दृष्टिमा यसको मूल कारण राजनीतिक अस्थिरता र सरकारी उदासीनता नै हो । उनीहरूका अनुसार यो उद्योग निजीकरण होइन, स्थानीय स्वामित्वमा सञ्चालन गर्न सके फेरि पनि हेटौँडाको पहिचान बन्न सक्छ ।

विगतको इतिहासले गर्व जगाएको यो उद्योग आज पनि स्थानीयको आशा र पहिचानसँग जोडिएको विषय बनेको छ । हेटौँडावासीको अपेक्षा छ, ‘कपडा उद्योगको चिम्नी फेरि बलोस्, अनि हेटौँडाको अर्थतन्त्रमा फेरि जीवन फर्कियोस।’

यो समाचारमा

हेटौंडाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    जनकपुरधाम : यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा

    Data is loading...

    Loading brands...

    Loading footer...