बारम्बार आन्दोलन र संक्रमणकालीन अवस्था मुलुकको स्थिरतामा बाधक : पूर्वप्रधान न्यायाधीश श्रेष्ठ

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १९, बुधबार

18
Share
Featured
  • पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठले नेपालमा निरन्तर हुने आन्दोलनका कारण देश सधैं संक्रमणकालीन अवस्थामा फसिरहेको र स्थिरता कायम हुन नसकेको बताएका छन्।
  • उनका अनुसार हरेक करिब १० वर्षमा आन्दोलन दोहोरिने, व्यवस्था परिवर्तन हुने तर जनताको जीवनस्तरमा परिवर्तन नआउँदा असन्तोष बढ्दै जाने प्रवृत्ति देखिएको छ।
  • उनले जेनजी आन्दोलनले अनावश्यक क्षति पुर्याएको र राज्य गठन भए पनि राज्य निर्माणका आधारभूत पक्षहरू बलियो बनाउन नसकिएको टिप्पणी गरे।
  • श्रेष्ठले विकासका पूर्वाधारहरू असुरक्षित भएको र त्यस्ता जोखिमपूर्ण अवस्थाले देशको समग्र विकास प्रक्रियामा असर पारेको उल्लेख गरे।
समाचार सारांशGenerated using AI.


पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठले मुलुकमा सधैंभरी आन्दोलन भइरहँदा संक्रमणकालीन अवस्थाबाट गुज्रिनु पर्ने बताएका छन् ।

बुधबार ललितपुरमा राष्ट्रय एकताको लागि नागरिक पहलको आयोजनामा आयोजित राष्ट्रहित सर्वोपरि कन्क्लेभ २०८२ कार्यक्रममा बोल्दै उनले आन्दोलनबाट व्यवस्था परिवर्तन भएपनि जनताको अवस्थाहरुमा परिवर्तन हुन नसक्दा सधै्रभर आन्दोलन हुने र त्यसले संक्रमण निम्ताउने बताएका हुन् ।

उनले संक्रमणकालीन अवस्थाले मुलुकमा अस्थिरता ल्याउन बताउदै भने, ‘नेपालमा आन्दोलनहरु धेरै भएका छन् विभिन्न कालखण्डमा लगभग १०÷१० वर्षमा केही न केही गरिरहन्छौं । आन्दोलनहरु हुने, व्यवस्थाहरु परिवर्तन हुने र परिस्थिती परिवर्तन नहुने, जनताको अवस्थाहरुमा परिवर्तन नहुने हामी त्यो बिन्दुमा छौं,’ उनले थप भने, ‘यो रुपान्तरण नहुने कुराले हामीलाई आन्दोलन फेरी फेरी गरिरहनुपर्ने बनाउँछ । सधैभर आन्दोलनतर हुने कुराले हामी सधैभर संक्रमणकालमा गुज्रिनुपर्ने हुन्छ । हामी स्थिरता ल्याउन सक्दैनौ । यसले हामी निरनतर संक्रमणमा फस्छौ त्यो बिन्दु फेरी आएको छ ।’ 

पूर्वप्रधान न्यायाधीश श्रेष्ठले जेनजी आन्दोलनले अनावश्यक क्षति पुर्याएको भन्दै त्यसपछि राज्य गठन भएपनि त्यसको जग बलियो नभएको बताए । 

‘हामीले लडाईमा भन्दा बढी क्षती बेहोर्नुपरेको छ । वास्तवमा यो क्षति जरुरी थियो । आन्दोलनको असलीयत प्राप्त गर्न यति क्षति व्यहोर्न पर्थ्यो ? यो के थियो ? मलाई के लाग्छ भने यसमा राम्रो समिक्षा गर्नुपर्छ । यसमा हामीले राज्य गठन त गर्यौँ तर राज्य निर्माणमा आधारभुत कुराहरुलाई सायद हामीले पक्का गरेनौ । राज्य निर्माणमा चाहिने संस्था, व्यक्तिहरुको निर्माण त गर्यौ तर त्यसमा मूल्यमान्यता त्यसमा जगहरुलाई हामीले बलियो बनाएनौँ,’ उनले भने । 

उनले विकासका पुर्वाधारहरु असुरक्षित रहेको भन्दै विकासमा कामहरु जोखिममा रहेको समेत बताए । 

यो समाचारमा

ललितपुरकाठमाडौँनेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    जनकपुरधाम : यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा

    Data is loading...

    Loading brands...

    Loading footer...