पार्टीबाट अलग भएकाहरुका लागि एमालेको ढोका सँधै खुला छ : महासचिव पोखरेल

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १७, सोमबार

12
Share
Featured
  • नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेबाट अलग भएका सदस्यहरूलाई कुनै अनुमति लिन आवश्यक नपरी आफ्नै पार्टीमा फर्कन सकिने बताएका छन्।
  • उनले माओवादी केन्द्र, एकीकृत समाजवादी जस्ता पार्टीहरूको एकता सकारात्मक भए पनि विचारमा समानता नभएसम्म त्यसको प्रभाव नहुने बताए।
  • पोखरेलले मंसिर २७, २८, २९ गते ११औँ राष्ट्रिय महाधिवेशन आयोजना गर्दै, देशभर वडास्तरीय, पालिका स्तरीय र काठमाडौंमा इतिहासकै ठूलो जनसभा गरेर जनता कुन पार्टीसँग छन् भन्ने देखाउने योजना रहेको बताए।
समाचार सारांशGenerated using AI.


नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा एमालेबाट अलग भएकाहरुका लागि एमालेको ढोका सधैँ खुला रहेको बताएका छन् । 

सोमबार नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन तथा समसामयिक राष्ट्रिय राजनीतिका सन्दर्भमा आयोजित संवाद कार्यक्रममा उनले घरबाट बाहिर गएका सन्तानलाई घर आउछु भन्दा अनुमति लिनु नपर्ने भन्दै एमालेबाट अलग भएकाहरुलाई आफ्नै घर फर्किनको लागि कुनै एकता गरि रहन नपर्ने बताए । 

उनले भने, ‘नेकपा एमालेबाट अलग भएका साथीहरुको सन्दर्भमा केन्द्रीय कमिटिको बैठकबाट नै निर्णय गरेका छौं । आफ्नै घर फर्किने हो, आफ्नै घर फर्किनको लागि कुनै एकता गरि रहनु पर्दैन् । घरका सन्तान बाहिर गएपछि घर आउछुभन्दा अनुमति लिनुपर्छ, पर्दैन् । आउँदा क्षमता अनुसार पार्टीले जिम्मेवारी दिन्छ ।’

यस्तै, उनले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) आदी पार्टीहरु एक हुन लागेको कुरामा आफू खुशी रहेको बताए । 

‘माओवादी, एकीकृत समाजवादी आदी पार्टीहरु एक हुन थाले भन्ने कुरा छ । खुसी नै छु । किनभने बलियो राजनीतिक दलमा विश्वास गर्ने मान्छे हुँ । तर उद्देश्य स्पष्ट नभएसम्म जति नै पार्टी मिलेपनि केही हुदैँन् । विचारमा एक रुपता हुन्छ भने अलग अलग बस्नु फाइदा छैन् । विचारमा एक रुपता नभएकाहरु एक ठाँउमा बस्नु भनेको आन्दोलन समाप्त पार्नु हो । के हुन्छ भन्ने भविष्यको कुरा हो ।’

साथै, उनले २७ गतेका दिन नेपालको इतिहासकै सर्वाधिक ठूलो जनसभा काठमाडौंमा आयोजना गर्ने भन्दै त्यो सभाबाट जनता कसको साथमा छ त्यो देखाउन चाहेको बताए । 

उनले भने, ‘मंसिर २७, २८ र २९ गते पार्टीको ११ औं राष्ट्रिय महाधिवेशनको आयोजना गर्दैछौ । अहिले नेपाली जनता प्रमुख पार्टीबाट टाढा भएका छन् भन्ने जुन भाष्य निर्माण गर्न खोजिएको छ त्यो गलत हो भन्ने हिसाबले २२ गते देशभर सबै वडाहरुमा एकसाथ वडास्तरीय जनभेलाहरु आयोजना गर्दैछौ । २५ गते पालिकाहरुमा जन-यालीहरु आयोजना गर्दैछौ, २९ गते जिल्लाहरुमा जनसभा आयोजना गर्दैछौ । काठमाडौंको हकमा ६ गते उपत्यका स्तरीय -याली तथा सभाको आयोजना गर्दैछौ र २७ गतेका दिन नेपालको इतिहासकै सर्वाधिक ठूलो जनसभा काठमाडौंमा आयोजना गर्ने छौ । त्यो सभाबाट जनता कसको साथमा छ त्यो देखाउन चाहन्छौ ।’

यो समाचारमा

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)नेपाल कम्युनिष्ट पार्टी (एमाले)काठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    जनकपुरधाम : यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा

    Data is loading...

    Loading brands...

    Loading footer...