नवलपरासीमा बसको ठक्करबाट एक महिलाको मृत्यु, पति र छोरा गम्भीर घाइते

Author

सजिलो पत्रिका

२०८२ कात्तिक ०२, आइतबार

11
Share
Featured
  • नवलपरासीको चोरमारा बजारमा भारतीय बसले मोटरसाइकललाई ठक्कर दिँदा ३० वर्षीया अनिता चौधरीको मृत्यु भएको छ।
  • उनका श्रीमान् नरेश चौधरी र १० वर्षीय छोरा अनुज चौधरी गम्भीर घाइते भई मध्यविन्दु जिल्ला अस्पतालमा उपचाररत छन्।
  • दुर्घटनापछि बस र चालकलाई प्रहरी चौकी तम्सरियाले नियन्त्रणमा लिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको चोरमारा बजारमा शनिबार दिउँसो भएको बस दुर्घटनामा मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ भने उनका पति र छोरा गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार, पश्चिमतर्फ जाँदै गरेको जिजे १४ जेड ६४६५ नम्बरको भारतीय बसले सोही दिशामा गइरहेको प्रदेश ३–०२–०१० प ७२३० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि बस्ने सर्लाहीको लालबन्दी–४ की ३० वर्षीया अनिता चौधरीको मृत्यु भएको हो।

अनिताका श्रीमान्, मोटरसाइकल चालक ३४ वर्षीय नरेश चौधरी र उनका १० वर्षीय छोरा अनुज चौधरी गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब निरीक्षक मधु नेपालले दिएको जानकारी अनुसार, घाइते दुवैको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनापछि बस र चालकलाई प्रहरी चौकी तम्सरियाले नियन्त्रणमा लिएको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    जनकपुरधाम : यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा

    Data is loading...

    Loading brands...

    Loading footer...