जेनजी समूहद्वारा असोज २३ गतेको आन्दोलन स्थगित

Author

सजिलो पत्रिका

२०८२ असोज २२, बुधबार

16
Share
Featured
  • जेनजी–एनटीईके समूहले असोज २३ गतेको आन्दोलन स्थगित गरेको छ।
  • विज्ञप्तिअनुसार, अराजक तत्वहरूको घुसपैठ र सम्भावित अप्रिय घटनाको जोखिम देखिएकाले यो निर्णय गरिएको हो।
  • समूहले भनेको छ कि नयाँ मिति छलफलपछि घोषणा गरिनेछ र आन्दोलन शान्तिपूर्ण ढंगले जारी रहनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

जेनजीको एक समूहले असोज २३ गतेका लागि घोषणा गरेको आन्दोलन स्थगित गरेको छ। एनटीईके–जेड समूहले आज साँझ एक विज्ञप्ति जारी गर्दै भोलि हुने शान्तिपूर्ण प्रदर्शन रोकिएको जानकारी दिएको हो।

विज्ञप्तिमा भनिएको छ, "२३ गते घोषणा गरेको शान्तिपूर्ण आन्दोलनमा विभिन्न किसिमका अराजक तत्वहरूले आन्दोलनलाई विथल्ने र अप्रिय घटना निम्त्याउने देखिएको हुनाले यस आन्दोलनलाई हामी एनटीईके–जेड का केन्द्रीय पदाधिकारीहरूले छलफल गरी २३ गते हुने आन्दोलनलाई हाल उक्त परिस्थितिका कारण स्थगित गर्ने निर्णय गरिएको छ र सो छलफल गरी आउने समयमा हुने शान्तिपूर्ण आन्दोलनको मिति जानकारी गराउने निर्णय गर्दछौँ।"


आन्दोलनमा अराजक तत्वहरूको घुसपैठ भई अप्रिय घटना घट्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै यो निर्णय गरिएको समूहले जनाएको छ। आगामी दिनमा छलफल गरी शान्तिपूर्ण आन्दोलनको नयाँ मिति घोषणा गरिने पनि विज्ञप्तिमा उल्लेख छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    जनकपुरधाम : यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा

    Data is loading...

    Loading brands...

    Loading footer...