आज द्वादशी, दशैँकाे टीका लगाउने क्रम जारी

Author

सजिलो पत्रिका

२०८२ असोज १८, शनिबार

26
Share
Featured
  • आज आश्विन शुक्ल पक्षको द्वादशी तिथि हो, जसको अवधि दिउँसो २ बजेर ३ मिनेटसम्म रहनेछ।
  • बडादशैंको टीका लगाउने क्रम अझै जारी छ, जहाँ मान्यजनको हातबाट टीका–प्रसाद लिएपछि आफन्त र नातागोतालाई टीका लगाउन जाने परम्परा छ।
  • यो टीका लगाउने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ, त्यसपछि जमरा विसर्जनसँगै समाप्त हुन्छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

आश्विन शुक्ल पक्षको द्वादशी। बडादशैँको टीका लगाउने क्रम शनिबार पनि जारी छ। शनिबार २० घडी ११ पला अर्थात् दिउँसो २ बजेर ३ मिनेटसम्म द्वादशी तिथि छ।

बडादशैँ अर्थात् शरद नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने परम्परा छ। घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्तकहाँ जान्छन्। टाढा रहेका बन्धु, मावली र ससुरालीलगायत नाताकहाँ टीका लगाउन जाने चलन छ। यो क्रम पूर्णिमासम्म रहन्छ। आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन जमरा विसर्जन गरेपछि टीका लगाउने क्रम समाप्त हुन्छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    केही क्षेत्रमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

    काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई दिन केही प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा नेपालको तराई

    Data is loading...

    Loading brands...

    Loading footer...