आज विजया दशमी: आज दशैं, कति बजे छ त टीकाको उत्तम साइत ?

Author

सजिलो पत्रिका

२०८२ असोज १६, बिहिबार

12
Share
Featured
  • आज नेपालभर विजया दशमी (बडादशैँको मुख्य दिन) हर्षोल्लासका साथ मनाइँदैछ, जहाँ मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ।
  • यस वर्षको टीकाको उत्तम साइत बिहान ११:५३ बजे भए पनि दिनभर टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।
  • विजयादशमी भगवान् रामले रावणमाथि विजय प्राप्त गरेको स्मरणमा मनाइन्छ, र आजदेखि कोजाग्रत पूर्णिमासम्म टीका–जमरा ग्रहण गर्ने क्रम चल्नेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

बडादशैँको मुख्य दिन आज विजया दशमी, देशभर हर्षोल्लासका साथ मनाइँदैछ। असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा मनाइने यस पर्वमा आफ्ना मान्यजनका हातबाट टीका र जमरासँगै आशीर्वाद ग्रहण गर्ने परम्परा छ।

यस वर्षको विजया दशमीको टीकाको उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। यद्यपि, विजयादशमी आफैँमा शुभ दिन भएकाले सामान्य मानिसले साइत कुर्नु नपर्ने र दिनभर नै टीका लगाउन सकिने समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले बताए। राज्य सञ्चालकहरूले भने शुभ साइतमै टीका लगाउनुपर्ने शास्त्रीय वचन रहेको उनको भनाइ छ।

घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ। आज नभ्याउनेले कोजाग्रत पूर्णिमाका अवसरमा अखिल बलि पूर्ति नभएसम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन्। घटस्थापना गरी जमरा राखेको स्थानमा आह्वान गरिएका देवीलाई विसर्जनको साइत आज बिहान ८ः३३ बजे रहेको समितिले जनाएको छ।

त्रेता युगमा भगवान् रामले रावणमाथि विजय प्राप्त गरेको सम्झनामा विजयादशमी मनाइने धार्मिक विश्वास छ। आज गुरु पुरोहित, हजुरबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायुको आशीर्वाद लिइन्छ।

टीका लगाइदिँदा पुरुषलाई 'आयुद्रोणसुते श्रियं दशरथे...' र महिलालाई 'जयन्ती मङ्गला काली भद्रकाली कपालिनी...' जस्ता मन्त्रले आशीर्वाद दिने गरिन्छ। आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरुप टीका, जमरा र आशीर्वाद थाप्ने क्रम जारी रहनेछ।

यो समाचारमा

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    केही क्षेत्रमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

    काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई दिन केही प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा नेपालको तराई

    Data is loading...

    Loading brands...

    Loading footer...