सत्रौँ संस्करणको प्रधानसेनापति ट्रफी २०८२ मा आठ पृतना र ६ वाहिनीबीच प्रतिस्पर्धा

Author

सजिलो पत्रिका

२०८२ असोज १०, शुक्रबार

32
Share
Featured

काठमाडौँ। सत्रौँ संस्करणको प्रधानसेनापति ट्रफी २०८२ को शुक्रबार समापन भएको छ । 

भाद्र १७ गतेबाट सुरु भएको प्रधानसेनापति ट्रफी प्रतियोगित आज (शुक्रबार) समापन भएको हो । प्रतियोगिताका विजेताहरुलाई ट्रफी र पुरस्कारहरु पनि वितरण गरिएको छ ।

प्रतियोगितामा दौड, पौडी, बक्सिङ, तेक्वादो, भलिबल, बास्केटबल, फूटबल र जुडो जस्ता खेलहरु रहेका थिए भने प्रतियोगितामा आठवटा पृतना र छ वटा बाहिनीबीच प्रतिस्पर्धा भएको थियो । प्रतियोगिताका केही विधाका खेल पोखरा र हेटौंडामा पनि भएको थियो ।

समापन समारोहमा बलाध्यक्ष रथी प्रदीपजंग केसीले सैनिक जीवनमा एकदमै महत्वपूर्ण अंगको रुपमा रहेको खेलकुदले शारीरिक तथा मानसिक पक्षको विकास गरि स्वस्थ र सक्षम नागरिक उत्पादन गर्न प्रेरणादाही भूमिका निर्वाह गरेको बताए ।  

उनले भने, ‘सैनिक जीवनमा एकदमै महत्वपूर्ण अंगको रुपमा रहेको खेलकुद शारीरिक तथा मानसिक पक्षको विकास गरि स्वस्थ र सक्षम नागरिक उत्पादन गर्न प्रेरणादाही भूमिका निर्वाह गरेको हुन्छ ।

खेलकुदलाई उच्च प्राथमिकतामा राख्दै विभिन्न आठ खेलका विधाहरु समेटी मिति २०८२ भाद्र १७ गतेबाट सुरुवात भएको सत्रौँ संस्करणको प्रधानसेनापति ट्रफी २०८२ को समापन गर्दैछौ ।’

यस्तै, उनले नेपाली सेनाको दिर्घकालिन सोच २०३० ले लिएको लक्ष्य र खेलकुदको विकासलाई उच्च प्राथमिकतामा राखेर अगाडि बढ्ने प्रधानसेनापतिको निर्देशनलाई मूलमन्त्र मानेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन गर्ने उद्देश्यले प्रधानसेनापति ट्रफी २०८२ को आयोजना गरिएको बताए । 

उनले प्रतियोगितालाई सफल पार्न सहयोग गर्ने राष्ट्रिय खेलकुद परिषद, नेपाल पौडी संघ, नेपाल बास्केट बल संघ, अखिल नेपाल फुटबल संघ, नेपाल टेक्वान्डो संघ, नेपाल बक्सिङ संघ, नेपाल भलिबल संघ, नेपाल जुडो महासंघ लगायतलाई धन्यवाद पनि दिएका छन् ।


यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    जनकपुरधाम : यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा

    Data is loading...

    Loading brands...

    Loading footer...